यी उद्योगको ग्याँस नकिन्नुहोला, १५ दिनसम्म कारबाहीमा परेका छन्

४ बर्ष अगाडि

नेपाल आयल निगमले दुई ग्यास उद्योगलाई कारबाही गरेको छ। निगमको निर्देशन अटेर गरेपछि कारबाही स्वरुप जानकी ग्यास र लियो ग्यासको १५ दिनका लागि कारोबार रोक्का गरेको छ।

अभावलाई परिपूर्ति गर्न आधा सिलिन्डर ग्यास बजार पठाउन निर्देशन दिए पनि अटेर गरेर भरी सिलिन्डर ९१४।२ किलो० बिक्री गरेको निगमले जनाएको छ।

दुई उद्योगको कारोबार निलम्बन गरिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए। उनका अनुसार निगमले छानविनव समिति बनाएको छ। छानविन समितिको सिफारिसका आधारमा थप कारबाही अघि बढाने छ।

पढ्नुहाेस् : काठमाडौंमा ग्याँस फालाफाल, आत्तिनु पर्दैन अब भरी सिलिण्डर नै पाइन्छ

मुलुक लकडाउनमा गएपछि उपभोक्ताले सिलिन्डर होल्ड गर्न थाले पनि निगमले अभाव घटाउन आधा सिलिन्डर ९७.१ किलो० ग्यास बिक्री गर्न अघिल्लो हप्ता उद्योगलाई निर्देशन दिएको थियो। सबै ग्यास उद्योगले निगमको निर्देशन पालना गरे पनि दुई उद्योगले अटेर गरे पछि कारबाही गरेको हो।

उपभोक्ताले ग्यास नपाएको गुनासो गरेपछि निगमले घुम्ती सेवाबाट ग्यास विक्री गरिरहेको छ। ग्यास नपाएको विपन्न नागरिक, अस्पताल, दीर्घरोगी, बिरामी, असहाय, अनाथालय, फरक क्षमता भएका, किरिया पुत्रीलाई फोन गरेका आधारमा घरमानै ग्यास पु¥याएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए।

बाल गृह, पुनरुत्थान केन्द्र, सुधार गृह, कारागार, निःशुल्क भोज गराउने निकाय वा संस्था तथा व्यक्ति, सरकारले तोकेको क्वारेन्टाइन, अत्यावश्यक काममा खटिने मजदुरलाई पनि ग्यास दिएको जनाएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया