स्यानिटाइजर अभाव छ ? बबरमहलमा १ सय ७५ मै पाइन्छ सरकारी उत्पादन

४ बर्ष अगाडि

बजारमा स्यानिटाइजरका अभाव भएपछि सरकाले आफै उच्च गुणस्तरको  स्यानिटाइजर उत्पादन गरेर बिक्री गर्न थालेको छ । सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले दैनिक २० हजार बोतल स्थानिटाइजर उत्पादन गरेर बिक्री थालेको हो । 

सरकारी कम्पनीले उत्पादन गरेको सो स्थानिटाइजर विश्व स्वस्थ्य संगठनको मापदण्ड अनुसारको रहेको औषधि  लिमिटेडका निमित्त महाप्रवन्धक विजयश्री रत्न बज्राचार्यले जानकारी दिए ।

बाराको रिलायन्स सुगर मिल्सबाट मुख्य कच्चा पदार्थ अल्कोहल किनेको लिमिटेडले ८० प्रतिशत अल्कोहलमा २ प्रतिशत ग्लिसिरिन र १८ प्रतिशत पानी प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको बज्राचार्यले बताए ।

लकडाउन अवधिमा ब्यापारीले विदेशबाट ल्याएको स्यानिटाइजरको कालोबजारी गरी अभाव भएपछि लिमिटेडले उद्योग मन्त्रालय र औषधि व्यवस्था विभागसँग छलफल गरेर आफै उत्पादन शुरु गरेको हो । 

लिमिटेडको बबरमहल कार्यालयबाट ग्राहकले एकसय एमएलको बोतलमा रहेको स्यानिटाइजर एक सय ७५ रुपैयाँमा किन्न पाउनेछन् । होलसेल बिक्रेताका लागि भने सो बोतलको मूल्य १ सय ५० राखिएको छ । 

धेरै किन्न चाहनेहरुका लागि लिटरको १ हजार २ सय ५० रुपैयाँका जार वा ग्यालेनमा पनि पाइने जनाइएको छ । 

स्यानिटाइजर उत्पानका लागि सरकारले दैनिक एक सय कर्मचारी खटाएको छ । कोरना भाइरसको संक्रमण त्रास नरोकिन्जेल बजारमा अभाव हुन नदिने गरी उत्पादन गर्ने लक्ष्य राखिएको अधिकारीहरुको भनाई छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया