कोरोना भाइरस : विश्वभर मृतकको संख्या ७९ नाघ्यो, हालसम्म आज मात्र ४ हजारभन्दा बढीको मृत्यु

४ बर्ष अगाडि

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ७९ हजार ६४ पुगेको छ । विश्वमा संक्रमितको संख्या हालसम्म १३ लाख ८६ हजार ८०७ पुगेको छ  भने कुल संक्रमितमध्ये २ लाख ९७ हजार ५८० उपचारपछि घर फर्किएका छन् ।

विश्वमा हालसम्म आज मात्र ४० हजार ८०३ नँया संक्रमित भेटिएका छन् भने ४ हजार ४१० जनाको मृत्यु भएको छ ।

ईटलीमा एकैदिन ६ सय ४ जनाको मृत्यु भई  मृतकको संख्या १७ हजार १ सय २७ ३ पुगेको छ ।
त्यस्तै नयाँ संक्रमित पनि तीन हजार ३९ जना थपिएर संक्रमितको संख्या एक लाख ३५ हजार पाँच सय ८६ पुगेको छ । 

संयुक्त राष्ट्र अमेरिका एकैदिनमा १ हजारभन्दा बढी मृत्यु भई कुल मृतकको संख्या ११ हजार ९०६ पुगेको छ । त्यस्तै अमेरिकामा आज मात्र १३ हजार ७३० नँया संक्रंमित थपिएर ३ लाख ८० हजार ७३४ पुगेको छ भने २१ हजार ३०९ जना उपचारपछि घर फर्किएका छन् ।

स्पेनमा मृत्यु हुनेको संख्या १३ हजार ८९७ पुगेको छ । भने १ लाख ४० हजार ५११ पुगेको छ ।

बेलायतमा एकैदिनमा ७८६ को मृत्यु भई मृत्यु हुनेको संख्या ६ हजार १५९ पुगेको छ  । संक्रमितको संख्या ५५ हजार २४२ पुगेको छ ।

त्यस्तै  कोरोना भाइरसको संक्रमणबाट बेलजियममा २ हजार ३५, इरानमा ३ हजार ८७२ ,फ्रान्समा ८ हजार ९११, जापानमा ९२ र भारतमा १५० जनाको मृत्यु भएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया