नेकपा सचिवालय  ः सरकारका कदम अझ प्रभावकारी बनाइने

४ बर्ष अगाडि

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजको बैठकले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको उल्लेख गर्दै अझ प्रभाकारी रूपमा अघि बढ्न आवश्यक सुझाव दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सचिवालयका सदस्यले प्रस्तुत गरेका सुझावलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न  जोड दिएको र प्राप्त सुझावलाई आवश्यकताका आधारमा कार्यान्वयनमा ध्यान दिनेगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आश्वस्त पार्नुभएको सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त अध्यक्षतामा सम्पन्न बैठकको प्रारम्भमा प्रधानमन्त्री ओलीले कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयास र हासिल भएका उपलब्धीबारे विस्तारपूर्वक जानकारी गराएका थिए । बैठकमा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्क्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामका बारेमा विस्तृत जानकारी गराएका थिए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया