नोकिया फोनको वारेन्टी म्याद थप लम्बियो

४ बर्ष अगाडि

काठमाडौं– नोकियाले हाल कोरोनाभाइरस महामारीका कारण आफ्नो रिपेयर एण्ड रिटन्र्स सेवा ९मर्मत तथा अन्य सेवा०को वारेन्टीमा ४५ दिनको म्याद थप गरेको जानकारी दिएको छ । 


तसर्थ कोरोनाभाइरसले निम्त्याएको विषम परिस्थितिलाई मध्यनजर गर्दै ग्राहकहरुमाझ आफ्नो बाचालाई कायम राख्न, आफ्ना ग्राहकहरुका लागि नोकिया फोनको वारेन्टी अवधीथप ४५ दिनको लागी लम्ब्याएको छ ।


यो समय अवधि १५ मार्च, २०२० देखि १५ अप्रिल, २०२० सम्म वारेन्टी म्याद समाप्त भएका फिचर फोन तथा स्मार्टफोनहरुको वारेन्टीमा लागू गरिएको छ । 


उदाहरणका लागि, यदि प्रयोगकर्ताको फोनको वारेन्टि म्याद १५ मार्च, २०२० मा समाप्त हुन्छ भने नयाँ म्याद समाप्ति ३० अप्रिल, २०२० हुनेछ ।

नोकिया मोबाइलको नेपालको लागि आधिकारीक वितरक टेलिटककाअनुसार नोकिया फिचर फोनहरु त्था नोकिया सी१ स्मार्ट फोनमा ३६५ दिनको रिप्लेसमेन्ट ग्यारेन्टीको सुविधा दिँदै आएको जानकारी दिएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया