एकैदिन ८४ हजार नयाँ काेराेना संक्रमित भेटिए, ७ हजार भन्दा धेरैको मृत्यु, ३ लाख निकाे भए

४ बर्ष अगाडि

कोरोना भाइरस (कोभिड १८) बाट विश्वमा एकैदिन ८४ हजार भन्दा धेरै मानिस संक्रमित भएका छन् । मंगलबार एकैदिन ८४ हजार ९ सय १५ जना नयाँ संक्रमित भेटिएको जोन्सहप्किन्स युनिभर्सिटीको तथ्यांकले देखाएको छ । 

यो संँगै अहिलेसम्म विश्वमा १४ लाख २९ हजार ४ सय ३७ जना मानिसहरुमा कोरोना संक्रमण भएको छ । त्यसमध्ये बुधबार बिहान ८ बजेर २० मिनेटसम्म ८२ हजार ७४ जनाको मृत्यु भइसकेको छ । मंगलबार एकैदिन संक्रमणबाट ७ हजार ३ सय ८० जनाको मृत्यु भएको युनिभर्सिटीको तथ्यांकमा उल्लेख छ । 

कोरोना संक्रमण भएपनि तीन लाख ७ सय ६७ जनालाई उपचार पछि पूर्ण रुपमा निको भएर घर फर्केका छन् ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा सबेभन्दा धेरै संक्रमित भेटिएका छन् । एकै दिनमा ३३ हजार भन्दा बढी मानिस संक्रमित सहित अमेरिकामा संक्रमितको संख्या ३ लाख ९८ हजार ७ सय ३७ पुगेको छ।

अमेरिकामा कोरोनाले १० हजार ७ सय ८३ जनाको मृत्यु भएको छ । त्यसमध्ये न्युयोर्क सिटीमा मात्र ४ हजार ९ जनाको मृत्यु भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया