प्रहरी हिरासतमै सुलभ अग्रवालको नाटक स् प्रेसरको बिरामी हुँ भन्दै बेहोस

३ बर्ष अगाडि

काठमाडौँ । मंगलबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाले नक्सालबाट कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ गर्यो । 
पक्राउ परेका अग्रवाललाई अपराध महाशाखाको टोलीले सिधै टेकुस्थित कार्यालय लिएर गयो ।

ग्राहक बनेर नक्साल पुगेको प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिएको थियो । 
कुटनीतिक नियोगको गाडी चढेर ज्वरो नाप्ने थर्मल गन बिक्री गर्न नक्साल पुगेका अग्रवाललाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी सहकुल थापा बताउँछन् । 


टेकु लगिएका अग्रवाललाई अपराध महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौँको जिम्मा लगाएको थियो । करिब एक घण्टापछि अग्रवाललाई विभिन्न कारण देखाउँदै महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा लगियो । 


महानगरीय प्रहरी परिसर, काठमाडौँका डीएसपी होविन्द्र बोगटीका अनुसार टेकुको हिरासतमा धेरै मानिसहरु भएकाले दरबारमार्गको हिरासतमा पठाएका हौं । 

दरबारमार्ग लगेपछि अग्रवालको नाटक


दरबारमार्ग पुग्नेबित्तिकै अग्रवालले आफू बिरामी भएको भन्दै थापाथलीस्थित नर्भिक अस्पतालमा राख्न आग्रह गरे । 
अग्रवालको भनाइ उद्धृत गर्दै दरबारमार्गका एक प्रहरी निरीक्षकले ‘नर्भिक अस्पतालमा मेरो एक नीजि डाक्टर छन् उहाँकैमा लगिदिनु नभए उहाँलाई बोलाइदिनु ।’
‘अग्रवालले त्यति मात्र के भनेका थिए, बेहोस भए ।

लगत्तै अग्रवाललाई स्वास्थ्य परीक्षणका लागि नर्भिक अस्पताल नभएर वीर अस्पताल लग्यौं,’ ती प्रहरी अधिकारीले रातोपाटीलाई बताए । 
स्वास्थ्य परीक्षणमा सबै रिपोर्ट सामान्य आएको थियो ।

अस्वस्थ महसुस गरेका अग्रवालले प्रहरी कार्यालयमा बेहोस भएको नाटक गरेका थिए । 
हाल उनी दरबारमार्ग हिरासतमै रहेका छन् । अग्रवालविरुद्ध कालोबजारी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया