गाउँपालिकाले म्यादी प्रहरी राख्ने

३ बर्ष अगाडि

भोजपुरको हतुवागढी गाउँपालिकाले कोरोना भाइरस कोभिड–१९ बाट बच्न गाउँपालिका भित्रिने नाकाको  सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ । 

गाउँपालिकाले वडा नंं। ६ मा पर्ने सुनबालुवा, लामीबगर, वडा नं। ७ को भँगालेटार, वडा नं। ९ पर्ने मचुवा, सिम्ले र चुहार सीमानाकाबाट बिनाअनुमति हुने आवतजावतलाई रोक्नका लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको हो ।

 गाउँपालिको सूचना जारी गरेर आजसम्म दर्खास्त दिन आह्वान गरेको छ ।

सरकारले लकडाउनको समयमा एक जिल्लाबाट अर्को जिल्ला, एक स्थानीय तहबाट अर्को स्थानीय तह जान रोक लगाएपछि सोको कार्यान्वयन गर्न गाउँपालिकाले म्यादी प्रहरी भर्ना गरेर सुरक्षा दिन लागेको हो ।

 गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै म्यादी प्रहरीका लागि इच्छुकले सम्पर्क गर्न सूचना जारी गरेको छ । 

त्यस्तै लकडाउनका बेला बन्द भएको आवागमनलाई ध्यान दिँदै गाउँपालिकाले नियमित औषधि सेवन गरिरहेकाको नामावली सङ्कलन थालेको छ ।

गाउँपालिका क्षेत्रभित्र रहेका त्यस्ता व्यक्तिको विवरण सङ्कलन गरेर स्वास्थ्य शाखासँगको समन्वयमा औषधि उपलब्ध गराउने गाउँपालिका स्तरीय ‘कोभिड–१९ ¥यापिड रेसपोन्स टीम’ले निर्णय गरेको छ ।

 कतिपय औषधि स्थानीय मेडिकलमा पनि नपाइने अवस्थामा ख्याल गर्दै सुगर, प्रेसर, दमलगायतका अन्य बिरामीलाई राहत पुगोस् भन्ने लक्ष्यले उनीहरूले सेवन गरिरहेको औषधि ल्याउन सहजीकरण गरिदिने गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया