होण्डाले दियाे सरकारलाई ७ लाखका औषधि छर्ने मेसिन

४ बर्ष अगाडि

कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुनका लागि होण्डा कम्पनीले नेपाल सरकारलाई सार्वजनिक स्थानहरुमा किटनासक औषधि छर्ने मेसिन दिएको छ । 

नेपालका लागि होण्डाको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले  ७ लाख बराबरको १० थान होण्डा अटोमेटिक ब्याक प्याक स्पे्रयर सहयोग स्वरुप प्रदान गरेको हो । 

ज्योति समुहअन्तर्गतको  स्याकार ट्रेडिङ नेपालमा  होण्डाका मोटरसाइकल, कार तथा पावर प्रोडक्टको अधिकारिक बिक्रेता हो । 

समूहका अध्यक्ष सौरभ ज्योतीले नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरे । 

कोरोनाभाइरसलाई केहि हदसम्म नियन्त्रण गर्नको लागि सार्वजनिक स्थानहरुमा किटनासक औषधि छर्न ७ लाख बराबरको १० थान होण्डा अटोमेटिक ब्याक प्याक स्प्रेयर सहयोग गरिएको उनले बताए । 

यसका साथै उनले भविष्यमा समेत नेपाल सरकारसँग सहकार्य  गर्दै अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया