सुत्केरी र शिशुको उद्धार

४ बर्ष अगाडि

मल्लरानी गाउँपालिका वडा नं ५ खैरा टाकुरामा बेवारिसे अवस्थामा भेटिएका सुत्केरी र शिशुको उद्धार गरिएको छ ।  प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपति, सशस्त्र प्रहरी बलका प्रहरी प्रमुख चेतराज जोशी, प्रहरी निरीक्षक विष्णु पौडेल, वडाध्यक्ष रामबहादुर थापासहितको टोलीले महिला र  नवजात शिशुको उद्धार गरी प्यूठान अस्पताल ल्याएको छ ।

अन्दाजी ३० वर्षीया कुमारी खड्का नाम बताउने महिलाले आज दिउँसो बाटामै छोरी जन्माएको देखेर स्थानीयवासीले वडाध्यक्षलाई खबर गरेका थिए । दाङ घर बताउने ती महिलाको मानसिक सन्तुलन ठीक नभएको अस्पतालले जानकारी गराएको वडाध्यक्ष थापाले बताए ।  
 

४ बर्ष अगाडि

प्रतिक्रिया