आजदेखि भरी सिलिण्डरमा ग्याँस, आधा सिलिण्डर हुनेले भरि नपाउने

४ बर्ष अगाडि

लकडाउनपछि आधा सिलिण्डर मात्र ग्याँस विक्रि भएको काठमाडौं उपत्यकामा आजदेखि भरि सिलिण्डर ग्याँस पाइने भएको छ । 

नेपाल आयल निगमले आज देखि १४.२ किलोनै ग्यास बिक्री गर्न सबै उद्योगलाई निर्देशन दिएपछि भरि सिलिण्डर ग्याँस पाइने भएको हो । 

कोरोना संक्रमणसँगै ग्यासको अस्वभाविक माग बढेपछि गत चैत १५ गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्न थालिएको थियो। 

यो सातादेखि ग्यास बिक्रीनै हुन छाडेपछि निगमले भरि सिलिण्डर बेच्न दिने निर्णय गरेको हो। निगमले उद्योगलाई आधा सिलिण्डर ग्यास भएको बिक्रेतालाई भरि नदिन समेत निर्देशन दिएको छ।

निगमले भरि र आधा सिलिण्डर सँगसँगै बिक्री गरेको पाइएमा कानुनी कारवाही गर्ने समेत चेतावनी दिएको छ। यो सातादेखि ग्यास बिक्री हुन छाडेको थियो। ग्यास बिक्री हुन छाडेपछि बोटलिङ प्लान्ट समेत भरिन थालेका थिए।

४ बर्ष अगाडि

प्रतिक्रिया