कोरोनाका कारण अमेरिकामा पुन: एक नेपालीको मृत्यु

४ बर्ष अगाडि

न्यूयोर्क । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट थप एक नेपालीको मृत्यु भएको छ । 


स्थानीय समयअनुसार आज बिहान बिहान ५ः१८ मा क्वीन्सको एल्मर्स्ट अस्पतालमा ङिमा तेम्बा शेर्पाको मृत्यु भएको हो । 


शेर्पा किदुगका आजीवन सदस्य समेत रहेका थिए । किदुगका अध्यक्ष उर्गेन शेर्पाले इनेप्लिजलाई दिएको जानकारीका अनुसार दुई दिनअघि नै उनको मृत्यु भएको हल्ला चलेपनि उनको मुटुको चाल बन्द नभएको र आज बिहान अस्पतालले मृत घोषणा गरेको थियो । 


स्वर्गीय शेर्पा कोरोना भाइरस संक्रमणका कारण विगत केही हप्तादेखि अस्पतालमा उपचारारत थिए ।  

शेर्पाको निधन भएको उनका दाजु ल्हाक्पा युला शेर्पाले पुष्टि गरेको किदुगले उल्लेख गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया