मेगा बैंकद्वारा सात प्रदेशका लागी ३५ लाख सहयोग

४ बर्ष अगाडि

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि नेपालका सात वटै प्रदेशलाई ५र५ लाख रुपैंया हस्तान्तरण गरेको छ । 


६ वटै प्रदेशमा रकम हस्तान्तरण गरिसकेको मेगा बैंकले पछिल्लोपटक प्रदेश नम्बर ५ लाई सहयोग हस्तान्तरण गरेको छ । मेगा बैंकको बुटवलस्थित चौरहा चोक शाखाका प्रबन्धक दीपक न्यौपानेले प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गरे ।


मेगा बैंक संचालक समितिले गरेको निर्णय अनुसार, मेगा बैंकले कोरोना रोग रोकथाम नियन्त्रणका लागि सातैवटा प्रदेशलाई ५र५ लाख गरी ३५ लाख रुपैंया सहयोग गरेको हो । 

यसैगरी, केन्द्रीय सरकारले स्थापना गरेको कोषमा मेगा बैंकले १ करोड रुपैयाँ सहयोग गरेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया