आज ३० अर्बको विकास ऋणपत्र बोलकोबल हुँदै

४ बर्ष अगाडि

 नेपाल राष्ट्र बैंकले आज रु. ३० अर्ब बराबरको ‘विकास ऋणपत्र २०८१ घ’ बोलकबोल गर्ने भएको छ ।  बैंकलले ५ बर्षको अवधीको लागि उक्त ऋणपत्र बिक्रीमा ल्याएको हो । 

आज दिँउसो ३ बजेसम्म बोलकबोल गरेर बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकलाई उक्त उक्त ऋणपत्र बिक्री गरिने छ ।

राष्ट्र बैंकले आन्तरिक ऋण जुटाउन यस्तो ऋणपत्र जारी गर्दै आएको छ । यसबाट उठ्न पैसा बिभिन्न बिकासका कार्यमा लगानी हुने गरेका छन् । 

सो ऋणपत्र धितो राखी कर्जा लिन वा दिनसमेत पाइनेछ । सो ऋणपत्रको व्याज भुक्तानी अर्धवार्षिकरुपमा गरिने बैंकले जनाएको छ ।

घटीमा रु. ५० र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा ऋणपत्र खरीद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । 

यस ऋणमा राष्ट्र बैंकले अर्धबार्षिक रुपमा व्याज दिने बताएको छ । यद्यपि, आर्जित व्याजमा ब्याजकर लाग्नेछ । सावा भुक्तानी भने २०८१ चैत २८ गते गरिने बताइएको छ । 

यसमा खरिदकर्ताहरु प्रतिस्पर्धी र र अप्रतिस्पर्धी बोलवालाको रुपमा सहभागी हुन सक्नले छन् ।

उनीहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् रु. २५ अर्व ५० करोड र रु. ४ अर्व ५० करोड छुट्ट्याइएको ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने छ ।

साथै, अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्ट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया