मन्सुली चामल १ ४ सय १० मा घर-घरमै, कर्णालीको सिमी किलोको १२०

४ बर्ष अगाडि

सरकारले सोना मनसुली चामले जम्मा रु १४ सय १० मा घरमै ल्याइदिने व्यवस्था गरेको छ । 

सरकरारी स्वामित्वको खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले सोना मनसुली चामल जम्मा बजारभाउ भन्दा सस्तोमै घर घरमा डेलिभरी गर्ने व्यवस्था गरेको हो । 

काठमाडौंमा ब्यापारीहरुले अहिले सोना मनसुली चामल ३० किलोको १६ देखि १७ सय रुपैयाँ सम्ममा बेचिरहेका छन् । तर सरकारी स्वामित्वको कम्पनीले लकडाउनको समयमा जनतालाई राहत दिनको लागि वास्तविक मूल्यमा पनि १० प्रतिशत छुट दिएको छ । 

कप्पनीले हिँजोदेखि शुरु गरेको अनलाइन सपिङ्ग मार्फत उक्त मूल्यमा घरघरमै चामल ल्याइदिने छ । जसका लागि  नेपाल फुड डट जीओभी डट एनपी मा क्लिक गरेर अर्डर गर्नुपर्ने हुन्छ । 

त्यस्तै ३० केजीको बोरामा जापानिज चामल १५ सय ६० रूपैयाँमा घरमा पु-याउने ब्यवस्था गरेको छ भने कम्पनीले कर्णालीको सिमी २ किलोको २ सय ४० रुपैयाँ छ ।

लकडाउनको बेला जनतालाई घरमै खाद्यान्न उपलब्ध गराउन शुरु गरेको  कम्पनीले  तत्कालका लागि चामल, फापर र गेडागुडी गरी ३ प्रकारका खाद्यान्न बिक्री गरेपनि  केहीदिनमा नै तेल, पिसेको दाल र इण्डक्सन चुलोको बिक्रि गर्ने नायव महाप्रवन्धक श्रीमणिराज खनालले बताए । 

आजदेखि अनलाइन कारोबार शुरु गरेको कम्पनीले तत्काल चामल, फापर र गेडागुडी बिक्री गर्ने कम्पनीका नायव महाप्रबन्धक श्रीमणिराज खनालले बताए । 

अर्डर गरेको सामान कम्तिमा पनि २ हजार मूल्य बराबरको हुनुपर्ने कम्पनीले जनाएकाे छ । लकडाउन अवधिकाे लागि कम्पनीले उपभोक्ताबाट ढुवानी खर्च (डेलिभरी चार्ज) भने नलिने र  मूल्यमा पनि १० प्रतिशत छुट दिएको उनले बताए । 

सरकारी कम्पनीहरूले अनलाइन अर्डर लिएर उपभोक्ताको घरसम्म खाद्य सामग्री पु-याउन लागेको यो पहिलोपटक हो । कम्पनीले यसघि घुम्ती सेवामार्फत टोल टोलमा खाद्यान्न बिक्री गर्दै आएको छ । अहिले २ वटा गाडीमार्फत घुम्ती पसल सञ्चालन गरेको कम्पनीले अरु २ वटा गाडी समेत सञ्चालन गर्ने तयारी गरेको छ । 

यो सेवा शुरुमा रिङ्गरोड भित्र मात्र दिइने कम्पनीले जनाएको छ । तर होम डेलिभरी गर्ने जनशक्ति पर्याप्त भएपछि भने उपत्यका भर नै सेवा दिइने कम्पनीले जनाएको छ । त्यसका लागि बाह्य श्रोतबाट जनशक्ति परिचालन गरीने र फुडमाण्डूलगायत अनलाइन सर्भिसमा पोख्त कम्पनीसँग सहकार्य गर्ने योजना कम्पनीको छ । 

 

४ बर्ष अगाडि

प्रतिक्रिया