‘पोलो’को नयाँ मोडल नेपाली बजारमा

५ बर्ष अगाडि

काठमाडौं– भोल्क्सवागेनको नयाँ मोडलको गाडी ‘पोलो’ नेपाली बजारमा भित्रिएको छ । भोल्क्सवागेनको नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेशनल नेपाल प्रालि.ले नयाँ मोडलको गाडी ‘पोलो’ नेपाली बजारमा पनि भित्रयाएको हो । 
आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको सो नयाँ मोडलको पोलो गाडी इन्धन बचतमा कोशेढुंगो सावित हुने दावी गरिएको छ । 
गाडीको बजार मूल्य २६ लाख ९५ हजार रहने कम्पनीले जनाएको छ । दशैं –तिहारको अवसर पारेर गाडीको विक्रीमा विशेष छुटको व्यवस्था पनि गरिएको छ । 
गाडी बुक गर्ने प्रथम सय जना ग्राहकले २५ लाख ५० हजारमा गाडी पाउने लगायतको विशेष व्यवस्था गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विबेक विजुक्छेले विश्व बजारमै चर्चा कमाएको भोल्क्सवागेनको नयाँ मोडलको सो पोलो गाडी टिकाउ र भरपर्दो रहेको दावी गरे ।
यो कम्पनीका नेपालमा हाल ९ वटा सर्भिस स्टेशन रहेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया