कोरोना कहर ः विश्वभर मृतकको संख्या करिब ८९ हजार

४ बर्ष अगाडि

विश्वभरि महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणबाट  यो समाचार तयार  पार्न समयसम्म विश्वका विभिन्न देशमा गरी ८८ हजार ९४२ जनाको मृत्यु भएको छ । 

विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि करिब साढे १५ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

सङ्क्रमित व्यक्तिहरुमा ३ लाख ३२ हजार ८०० जना उपचारपछि घर फर्किएका छन् ।

 हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा १७ हजार ६६९ जनाको मृत्यु भइसकेको भने १ लाख ३९  हजार भन्दा बढी सङक्रमित छन् । स्पेनमा १४ हजार ७९२ जनाको मृत्यु भएको छ भने १ लाख ४८ हजार भन्दा बढीसङक्रमित रहेका छन् । 

कोरोनाभाइरसको अर्को केन्द्रका रुपमा विकास भइरहेको संयुक्तराज्य अमेरिकामा १४ हजार ७९७ जनाको मृत्यु भएको छ भने ४ लाख ३५ हजार भन्दा बढी सङक्रमित छन् । 

कोरोनाभाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३३५ जनाको मृत्यु भएको छ भने कूल संक्रमित ८१ हजार ८६५ जनामध्ये  ७७ हजार  ३७० व्यक्ति निको भएर घर फर्किएका छन् । 

जर्मनीमा कोरोनाभाइरसको सङ्क्रमणको कारण २ हजार ३४९ जना, फ्रान्समा १०  हजार ८६९ जना, बेलायतमा ७ हजार ९७ जना मृत्यु भइसकेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया