सालमान खानको एक फोन कलमा गोविन्दले छोड्दिए फिल्म, पछि हिट भयो फिल्म

४ बर्ष अगाडि

बलिउड फिल्मको दबंग खान अर्थात सलमान खान र चीची भैया अर्थात गोविन्द एकदम मिल्ने साथी हुन् । उनीहरु यति मिल्ने साथी हुनकी गोविंदाले सलमानको लागि एक फिल्म छोडेका थिए । पिन्क सेन्डलको एक इंटरव्यूमा गोविन्दले कुराको खुलासा गरेको थिए र  उनले साल्मलनको लागि कसरी फिल्म छोडेको कुरा बताए ।

गोविन्दले भने, त्यति बेला मेरो करिय।र राम्रो थियो । म त्यसबेला बनारसी बाबूको शूटिंग गर्दै थिए  र चलचित्र जुडवा पनि  मसँग थियो । त्यतिबेला जुडवा फिल्मको शूटिंग चलिरहेको थियो । एक दिन रातिको २-३ बजे सलमानको फोन आयो , उनले भने चीची भैया तपाई  अरु कति हिट्स दिनुहुन्छ । मैले सोध्य किन, के भयो ? तपाँई जुन जुड़वा फिल्मको शूटिंग अहिले गरिराख्नु भएको छ त्यो छोडेर मलाई दिनुहोस । फिल्मको साथ तपाईले डायरेक्टर अनि प्रोड्यूसर पनि दिनुपर्छ।  त्यसपछि मैले सलमानको लागी  फिल्म छोड्दिए र त्यो प्रोजेक्ट उसलाई मिल्यो ।

जुडवाको  प्रोजेक्ट भर्ख सुरु मात्र भएको थियो, मैले सलमानको लागी त्यो फिल्म छोड्दिए किनभने खान परिवार मेरो परिवार जस्तै हो ।  हामी दुबै परिवार बीच जुन माया र बॉन्डिंग छ त्यो कुनै फिल्मको कारण  इफेक्ट हुदैन् । हामीहरुको काममा कहिले हाम्रो पर्सनल रिलेशनशिपको बीचमा आउँदैन् । उनले भने  कुनै पनि प्रोजेक्ट सलमान र उनको दोस्तीको बीचमा आउँदैन् ।

सन् १९९७ मा रिलिज भएको जुडवा फिल्म सलमानको हिट फिल्ममध्ये एक हो । फिल्ममा सलमानको साथमा करिश्मा कपूर लीड रोलमा थिइन । यो फिल्म   डेविड धवनले डायरेक्ट गरेका थिए । त्यसपछि वर्ष २०१७ मा यो रीमेक बन्यो जुड़वा २ मा वरुण धनव, जैकलीन र टेक्सी पन्नू लिड रोलमा आएका थिए यो फिल्मका डायरेक्टर डेविड धवन नै थिए । 

४ बर्ष अगाडि

प्रतिक्रिया