कोरोनाबाट हालसम्म ९५ हजारको मृत्यु, १६ लाख भन्दा बढी संक्रमित

४ बर्ष अगाडि

हाल सम्म विश्वभर कोरोना भाइरस कोभिड–१९ को सङक्रमण बाट ९५ हजार मानीसको मृत्यु भएको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकमा छ ।
कोरानो भाइरसबाट हालसम्म  सबैभन्दा धेरै इटालीमा १८ हजार दुई सय ७९ जनाको मृत्यु भएको छ ।

भने सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकमा अमेरिका दोस्रो स्थानमा छ । अमेरिकामा अहिलेसम्म १६ हजार पाँच सय १३ जनाको  मृत्यु भइसकेको छ । त्यस्तै स्पेनमा पनि मृत्यु हुनेको संख्या १५ हजार चार सय ४७ पुगेको छ भने फ्रान्समा १२ हजार दुई सय २८ जनाको मृत्यु भएको छ ।


विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि करीब १६ लाखको हाराहारीमा पुगेको छ । अहिलेसम्मको तथ्यांकअनुसार विश्वभर १५ लाख ९६ हजारभन्दा बढी मानिस यो भाइरसबाट संक्रमित भएका छन् ।

संक्रमितको संख्यामा अमेरिका सबैभन्दा अगाडि छ । अमेरिकामा यो भाइरसको कारण अहिलेसम्म चार लाख ५२ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया