पोखरा महानगरपालिकाद्वारा क्षेत्रीय अस्पताललाई स्प्रे मेसिन

३ बर्ष अगाडि

कोरोना सङ्क्रमण फैलिन नदिन पोखरा महानगरपालिकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल हाइ प्रेसर वाटर स्प्रे मेसिन प्रदान गरेको छ ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यलाई उक्त मेसिन हस्तान्तरण गरे ।

 प्रमुख जिसीले अस्पतालमा धेरै मान्छे आवतजावत हुने भएकाले सङ्क्रमण फैलिन नपाओस् भन्ने उद्देश्यले उक्त सामग्री प्रदान गरेकोे बताउँदै स्प्रेको प्रयोगबाट कोरोनाको भाइरस १० मिनेटमा मर्ने बताए ।


निर्देशक डा अर्जुन आचार्यले अस्पताललाई सुरक्षित बनाउन महानगरले गरेको सहयोगले सङ्क्रमण रोक्न सघाउने विश्वास व्यक्त गरे । 

स्तै महानगरपालिकाले स्थापना गरेको राहत कोषमा  मन्टेश्वरी एशोसिएशन कास्कीले रु ५५ हजार ५५५ सहयोग गरेको छ ।

 मन्टेश्वरी एशोसिएशन कास्कीका अध्यक्ष मिलन केसीले प्रमुख जिसीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो रेका हुन। 
 

३ बर्ष अगाडि

प्रतिक्रिया