यस कारण दोस्रो पटक पनि बाणिज्य बैंकको सीईओ बने श्रेष्ठ

४ बर्ष अगाडि

काठमाडौं  - राष्ट्रिय बाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा किरण कुमार श्रेष्ठ पुनः नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई चैत २९ गतेदेखि लागू हुने गरेर सीईओ पुनः नियुक्त गरेको हो । 
उनको कार्यकाल ४ बर्षको हुनेछ । पहिलो पटक सीईओ हुँदा श्रेष्ठ खुल्ला प्रतिस्पर्धाबाट आएका थिए । तर, अहिले भने उनको कार्यसम्पादन हेरेर पुनः नियुक्ती गरिएको हो । 
श्रेष्ठ आएपछि बैंकको व्यवसायीक गतिविधि राम्रो हुदैं गएको सञ्चालक समितिको भनाइ छ । खराव कर्जा घटाउने काम श्रेष्ठले गरेको बताइन्छ । यस्तै कारणले पछिल्लो समय राष्ट्रिय बाणिज्य बैंक सबैभन्दा बढी नाफा कमाउने बाणिज्य बैंक भनेको छ । 
सञ्चालक समितिले सीईओ निरन्तरता दिनुअघि श्रेष्ठसँग ४ बषृको व्यवसायी योजना मागेको थियो । उक्त व्यवसायीक योजना समेत अध्ययन गरेपछि उनलाई निरन्तरता दिइएको बताइको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया