कोरोना प्रभावः रातो मच्छिन्द्रनाथको जात्रा स्थगित, अब कहिले हुन्छ ?

४ बर्ष अगाडि

काठमाडौं – ललितपुरमा बर्षाैदेखि गरिदै आएको  सबैभन्दा लामो रथयात्रा  अर्थात रातो मच्छिन्द्रनाथको जात्रा कोरोना भाइरसको कारण स्थगित भएको छ । उक्त रथको आजदेखि निर्माण कार्य हुने भनिएको थियो, तर, रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले  बताएको छ । ्

कोरोनाका कारण उत्पन्न उपस्थीतिका कारण रथको जग राख्ने र निर्माण कार्य स्थगित भएको  उनीहरुको भनाइ छ । 

संस्थान र समाजकाअनुसार हिजो बिहीबार विधिपूर्वक मच्छिन्द्रनाथलाई स्नान गराएर शुक्रबारदेखि रथ निर्माणको काम गर्नुपर्ने थियो, तर कोरोना कारण त्यो गर्न नसकिएको उनीहरुको भनाइ यछ । यस बिषयमा बुधबारसम्म अन्योल नै थियो । तर, हिजो समाज र संस्थानले संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो निर्णय गरेका हुन् । 

स्थगित भएको सो रथ निर्माणको काम लकडाउन सकिएलगत्तै क्षमा पूजा गरेर सुरु गरिने निर्णय बताइएको छ । यो यात्रा लिच्छवीकालदेखि निरन्तर चल्दै आएको  छ । यसलाई नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया