विद्युत महशुलमा ६ महिनासम्म छुट दिन महासंघको माग

३ बर्ष अगाडि

काठमाडौं – नेपाल उद्योग बाणिज्य महास.घले लकडाउन अवधी र उद्योग बन्द भएको अवधीमा विद्युतको डिमाण्ड र्चान लिन नपाउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासंघको एक प्रतिनिधि मण्डलले आज अर्थमन्त्री डा. युवराज खतिवडालाई एक ज्ञापन पत्र बुझाउदै नेपाल विद्युत प्राधिकरणले डिमाण्ड चार्ज लिन नपाउने व्यवस्था गर्न माग गरेको हो । 

कोरोना भाइरसका कारण उद्योग क्षेत्रमा परेको असरलाई आर्थिक पुर्नउद्धार गर्न यस्तो व्यवस्था गर्नुपर्ने महासंघको भनाइ छ । साथै, . उत्पादन बढाउनका लागि नेपाल विद्युत प्राधिकरणले ६ महिनाको लागि सस्तो दरमा विद्युत उपलब्ध गराउने व्यवस्था पनि गर्नुपर्ने महासंघले बताएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया