चट्याङले विद्युत् बिग्रिएपछि पात्लेबस्ती अन्धकारमा

४ बर्ष अगाडि

चट्याङले पेल्टिसेटमा क्षति पु¥याएपछि पात्लेको एउटा बस्ती अन्धकारमय भएको छ । बिहीबार दिउँसो असिनापानीसँगै परेको चट्याङले पेल्टिसेटमा क्षति गरेपछि जिल्लाको मोलुङ गाउँपालिका–७ पात्लेमा विद्युत् सेवा अवरुद्ध भएको हो ।
 
गाउँका ११० घरधुरीले प्रयोग गर्दै आएको स्थानीय छाङगे खोला पेल्टिसेट चट्याङले बिग्रिएपछि अन्धकारमा बस्न बाध्य हुनुपरेको वडाध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिए। लकडाउनका कारण मेसिन बनाउन लैजाने अवस्था नभएकाले अवरुद्ध विद्युत् सेवा सञ्चालन गराउन समस्या भएको उनको भनाइ छ ।

सोही दिनको चट्याङले स्थानीयको सोलार ब्याट्रीमा समेत क्षति पुगेको छ । स्थानीय  वीरबहादुर मगर, गङ्गाबहादुर मगर र ङावाशेरे शेर्पाको घरमा रहेको सोलारको ब्याट्री जलेपछि वैकल्पिकरूपमा प्रयोग गरिँदै आएको सोलारले समेत काम नगरेको स्थानीयवासी वीरबहादुर मगरले बताए । विगतमा टुकी बत्तीको प्रयोग गरिने भए पनि अहिले मट्टितेलको जोहोे नभएको र टुकी बत्तीको समेत चलन हराएकाले स्थानीय अन्धकारमा बस्न बाध्य छन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया