कास्कीमा विद्युतीय अनुमतिपत्रको व्यवस्था

३ बर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय कास्कीले कोभिड –१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि अत्यावश्यकीय सवारी सञ्चालन अनुमतिका लागि आजदेखि  विद्युतीय अनुमतिपत्र (इ–पास)को व्यवस्था गरेको छ ।  


सवारी पासका लागि प्रशासनमा हुने बढ्दो भीडभाड अन्त्य गरी घरमै बसेर समेत अत्यावश्यक भएकाहरुका लागि सहज रुपमा सवारी अनुमति प्रदान गर्नका लागि इ–पासको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए ।


अनलाइन फारम पेश भइसकेपछि जिल्ला प्रशासनले पास वितरण मापदण्डको आधारमा पास दिने नदिने निर्णय गर्ने र सोको जानकारी सम्वन्धित व्यक्तिको मोवाइलको म्यासेज बक्समा जानकारी दिइने कार्यालयले जनाएको छ । फारम स्वीकृत भएपछि प्राप्त हुने कोडमा उल्लेखित नम्वर र व्यहोरा नै सवारी पास हुने बताइएको छ । 


उनले प्रशासनले अति आवश्यक सवारी साधनका लागि मात्र पास स्वीकृत गर्ने भएकाले अनावश्यक रुपमा अनलाइन दरखास्त नदिइ लकडाउनलाई प्रभावकारी बनाउने कार्यमा सहयोग पु¥याउन समेत जिल्लावासीमा आग्रह गरेका छन् । 

एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाल सवारी, सञ्चारकर्मी,स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, प्रयोगशालामा कार्यरत प्राविधिक तथा अस्पतालका कर्मचारी, पशुपंक्षीको घाँस, पराल, दाना आदी ढुवानी गर्ने सवारी साधनहरुलाई अनुमति पत्र आवश्यक नपर्ने र सम्वन्धित संस्थाको परिचयपत्रका आधारमा सञ्चालन गर्न दिइएको प्रशासनले स्पष्ट पारेको छ । 

कुनै निकाय वा सङ्घ संस्थाको नाममा जारी भएको पास जारी गरेको उद्देश्य विपरित वा अन्य अनाधिकृत व्यक्तिले प्रयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले चैत महिनामा लकडाउनका अवधिमा सवारी पासको दुरुपयोग गरी चलाएका २७३ वटा सवारीलाई कारवाही गरिएको र पासको अनाधिकृत प्रयोगलाई कठाइका साथ रोकिने जनाएको छ । 

 सहायता कक्षबाट दुई हजारको परीक्षण

दमौली – कोभिड–१९ को जोखिम नियन्त्रणका लागि तनहुँ जिल्लाका विभिन्न ठाउँमा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षबाट दुई हजार भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।   जिल्ला प्रवेश गर्ने मुख्य नाका तथा विभिन्न स्थानीय तहमा स्थापना गरिएको कक्षबाट दुई हजार ११ जनाको परीक्षण गरिएको हो । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उक्त कक्षबाट ३ सय २८ महिला र एक हजार ६ सय ८४ पुरुषको परीक्षण गरिएको छ । कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा राखिएको स्वास्थ्य सहायता कक्षमा १ हजार ४ सय ६३, भानु नगरपालिका–३ फुस्रेटार, कालीमाटी, भन्सारमा एक सय २२, म्याग्दे गाउँपालिकाको कार्यालयमा दुई सय ६३, भीमादमा ८४, ऋषिङका विभिन्न ठाउँमा २७, देवघाटमा ५२ जनाको परीक्षण गरिएको छ ।

यहाँका चार स्थानीय तहका चार ठाउँमा ज्वरो मापन ९फिवर क्लिनिक० सञ्चालन गरिएको छ । कोरोना भाइरसबाट सम्भावित सङ्क्रमितको उपचारमा सघाउन जिल्लाका भीमाद नगरपालिका, भानु नगरपालिका, ऋषिङ गाउँपालिका र देवघाट गाउँपालिकामा फिवर क्लिनिक सञ्चालन गरिएको हो ।

भीमादको प्राथमिक स्वास्थ्य केन्द्र, भानुको भन्सारमा, ऋषिङको रानीपोखरी र भिरकोटमा र देवघाटको धर्मार्थ अस्पतालमा फिवर क्लिनिक सञ्चालनमा रहेको छ । भीमादमा २८, भन्सारमा ३४, रानीपोखरीमा ७, भिरकोटमा १० र देवघाटमा तीन जनाको ज्वरो मापन गरिएको छ । 

सबै क्वारेन्टाइन खाली 
विदेशबाट फर्किएकालाई राख्न यहाँ स्थानीय तहले बनाएको सबै क्वारेन्टाइन खाली छन् । विदेशबाट फर्किएकालाई निगरानीमा राख्नका लागि जिल्लाका दश वटा स्थानीय तहले क्वारेन्टाइन बनाएपनि क्वारेन्टाइनमा बस्नेको सङ्ख्या शुन्य छ । जिल्लाभर कूल १ सय ७६ शैय्याको क्वारेन्टाइन बनाइएको छ । व्यास नगरपालिका–५ स्थित पराशर आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा दुई जना बसेपनि उनीहरु हालै स्वास्थ्य परीक्षणपछि घर फर्किएका छन् । हाल उक्त क्वारेन्टाइनमा कोही पनि छैनन् । 

देवघाट गाउँपालिकाले धर्मार्थ अस्पतालमा बनाएको क्वारेन्टाइनमा एक जना मात्रै छन् । भारतबाट तीन दिनमा हिँडेरै देवघाट आइपुगेका ती व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए । गाउँपालिकामा विदेशबाट फर्किनेको सङ्ख्या ३४ छ, तर सबै घरमा नै बसिरहेका छन् । ‘विदेशबाट फर्किएकाहरु घरमै बसेपनि उनीहरुको निगरानी गरिरहेका छौ,’ सुवेदीले भने, ‘सबैको ¥यापिड डाइग्नोष्टिक टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।’

भानु नगरपालिकाले २०, व्यास नगरपालिकाले १३, म्याग्दे गाउँपालिकाले ५, शुक्लागण्डकी नगरपालिकाले २३, भीमाद नगरपालिकाले १०, घिरिङ गाउँपालिकाले २५, ऋषिङ गाउँपालिकाले २०, देवघाट गाउँपालिकाले २०, बन्दीपुर गाउँपालिकाले २८ र आँबुखैरेनी गाउँपालिकाले १० श्ययाको क्वारेन्टाइन निर्माण गरेका छन् । 

जिल्लामा विदेशबाट फर्किनेको सङ्ख्या ७ सय ३८ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार भारत लगायत तेस्रो मुलुकबाट जिल्ला आउनेमध्ये भानु नगरपालिकामा ८१, व्यास नगरपालिकामा १ सय ६२, म्याग्दे गाउँपालिकामा ३८, शुक्लागण्डकी नगरपालिकामा १ सय २४, भीमाद नगरपालिकामा १ सय १३, घिरिङ गाउँपालिकामा ६२, ऋषिङ गाउँपालिकामा ८५, देवघाट गाउँपालिकामा ३४, बन्दीपुर गाउँपालिकामा १८ र आँबुखैरेनी गाउँपालिकामा २१ जना छन् ।

जिल्लाका विभिन्न अस्पतालमा ४६ श्ययाको आइसोलेसन कक्ष बनाइएको छ । म्याग्दे गाउँपालिकामा पाँच, व्यास नगरपालिकामा आठ, शुक्लागण्डकी नगरपालिकामा २९ र बन्दीपुर गाउँपालिकामा आठ श्ययाको आइसोलेसन कक्ष तयारी अवस्थामा छ ।  जिल्लामा भारत, दुवई, मलेसिया, माल्दिभ्स, जापान, कतार, श्रीलङ्का, अष्ट्रेलिया लगायतबाट घर फर्किने धेरै रहेका छन् । 
कोभिड–१९ को सङ्क्रमण पत्ता लगाउन  जिल्लाका टोल–टोलमा पुगेर आरडिटी ९¥यापिड डाइग्नोष्टिक टेष्ट० विधिबाट दु्रत परीक्षण गरिएको छ । विदेशबाट फर्किएर घरमा बसिरहेकाहरुमा कोरोना जाँच गर्नका लागि दश वटै स्थानीय तहका टोल–टोलमा दु्रत परीक्षण भइरहेको छ ।

आइतबारदेखि शुरु भएको दुर्त परीक्षणका क्रममा बिहीबारसम्म ४ सय ७३ जनामा परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । परीक्षण गरिएकामध्ये सबैमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार परीक्षण गरिएकामध्ये ४ सय २२ पुरुष र ५१ महिला छन् ।

कोरोना परीक्षणका लागि सम्बन्धित स्थानीय तहबाट तालीमप्राप्त स्वास्थ्यकर्मी खटिएका छन् । ‘प्रत्येक टोलमा पुगेर कोरोना जाँच गर्ने व्यवस्था मिलाइएको छ,’ अधिकारीले भने, ‘कतिपयको भने घरमै पुगेर पनि कोरोना जाँच गरिएको छ ।” सम्बन्धित वडाका अध्यक्षहरुले कोरोना जाँचका लागि सहजीकरण गरिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

भानु नगरपालिकाका ४१, व्यास नगरपालिकाका ९१, म्याग्दे गाउँपालिकाका ३६, शुक्लागण्डकी नगरपालिकाका ६७, भीमाद नगरपालिकाका ७२, घिरिङ गाउँपालिकाका ४०, ऋषिङ गाउँपालिकाका ६२, देवघाट गाउँपालिकाका ३४, बन्दीपुर गाउँपालिकाका १५ र आँबुखैरेनी गाउँपालिकाका १४ जनाको परीक्षण भइसकेको छ ।

गण्डकी प्रदेश सरकारले परीक्षणका लागि आवश्यक किट उपलब्ध गराएपछि जिल्लाका सबै स्थानीय तहमा ¥यापिड डाइग्नोष्टिक टेष्ट भइरहेको छ । गण्डकी प्रदेश सरकारले  जिल्लाका लागि ६ सय ४२ थान किट पठाएको छ । स्वास्थ्य कार्यालयले भानु नगरपालिकालाई ६०, व्यास नगरपालिकालाई १ सय २०, शुक्लागण्डकी नगरपालिकालाई १ सय, भीमाद नगरपालिकालाई ८५, म्याग्दे गाउँपालिकालाई ४०, घिरिङ गाउँपालिकालाई ४५, ऋषिङ गाउँपालिकालाई ६५, देवघाट गाउँपालिकालाई ३०, बन्दीपुर गाउँपालिकालाई २५, आँबुखैरेनी गाउँपालिकालाई २५ थान किट उपलब्ध गराएको छ । 

विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गरिने र त्यसका लागि सम्बन्धित स्थानीय तहबाट तालीम प्राप्त स्वास्थ्यकर्मी खटाइएको छ । अधिकारीका अनुसार विदेशबाट फर्किएर होम क्वारेन्टाइनमा १४ दिनदेखि २१ दिनसम्म बसेका सर्वसाधारणको दु्रत परीक्षण गरिनेछ ।

गण्डकी प्रदेश सरकारले एक महिनायता नेपाल आएको प्रदेशभित्रका तीन हजार ७५० जनाकै दु्रत परीक्षण गर्ने अभियान सञ्चालन गरेको छ । द्रुत परीक्षणमा पोजेटिभ देखिएको अवस्थामा पुनःपरीक्षणका लागि ल्याबमा पठाइनेछ । दु्रत परीक्षणबाट १५ मिनेटमै कोरोना भाइरसको परीक्षण गर्न सकिने भएकाले छोटो अवधिमै धेरै जनामा परीक्षण गरी जोखिमलाई न्यूनीकरण गराउन सहयोग पुग्ने विश्वास लिइएको छ । 

कोभिड–१९ को आशङ्कामा  जिल्लाका हालसम्म पाँच जनाको स्वाब परीक्षण गरिएको छ । भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाका एक÷एक जनाको स्वाब परीक्षण गरिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

चैत १ गतेदेखि जिल्लामा विदेशबाट आउनेको सङ्ख्या ७ सय ५४ छ । भारत लगायत तेस्रो मुलुकबाट जिल्ला आउनेमध्ये भानु नगरपालिकामा ८२, व्यास नगरपालिकामा १ सय ६९, म्याग्दे गाउँपालिकामा ४३, शुक्लागण्डकी नगरपालिकामा १ सय २४, भीमाद नगरपालिकामा १ सय १३, घिरिङ गाउँपालिकामा ६२, ऋषिङ गाउँपालिकामा ८५, देवघाट गाउँपालिकामा ३४, बन्दीपुर गाउँपालिकामा १८ र आँबुखैरेनी गाउँपालिकामा २१ जना छन् 

बागलुङ सकियो र्यापिड टेष्ट, एक हजार २९ जनाको परीक्षण

बलेवा –बागलुङमा पहिलो चरणमा सुरु भएको कोरोना भाइरसको द्रुत परीक्षण ९र्यापिड टेष्ट० सकिएको छ । सरकारले तोकेको मापदण्ड अनुसार जिल्लामा विदेशबाट फर्किएका, कोरोना सङक्रमितको सम्पर्कमा आएका र उनीहरुको घरछेउका १ हजार २९ जनाको र्यापिड परीक्षणमार्फत कोरोना जाँच भएको छ । उनीहरुमध्ये १ हजार २८ जनाको नेगेटिभ र १ जनाको पोजेटिभ देखापरेपनि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।

बागलुङमा बुधबार मात्रै ४३ जनाको र्यापिड परीक्षणमार्फत कोरोनाको जाँच भएको छ । पाँचौ सङक्रमित युवतीको गाउँ र छुटफुट भएका विदेशबाट आएकाको बुधबार जाँच भएको हो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

यो सँगै सरकारले तोकेको मापदण्डमा पर्नेहरुको र्यापिड परीक्षण सकिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । ‘माथिबाट आएको मोडालिटीका आधारमा आडिटी परीक्षण सकियो’ उनले भने । हिजो र्यापिड परीक्षण गरिएकामध्ये २१ जनाको थ्रेट स्वाब समेत सङकलन भएको छ । कोभिड– १९का सङ्क्रमित बर्षीया युवतीको सम्पर्कमा आएकाहरुको थ्रेट स्वाब सङकलन भएको हो । उनीहरुको स्वाब बिहिबार बिहान मात्रै पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइने प्रमुख गुरौले जानकारी दिए ।
 
 

३ बर्ष अगाडि

प्रतिक्रिया