पर्यटक नआउँदा पनि घटेन भ्रमण आय, फागुनसम्म विदेशी पर्यटक मार्फत रू. ५४ अर्ब आम्दानी

४ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो ८ महिनामा विदेशी पर्यटक मार्फत हुने आम्दानी ११.९ प्रतिशतले बढेको छ । फागुनसम्म विदेशी पर्यटक मार्फत रू. ५४ अर्ब १० आम्दानी भएको छ ।  गत आवको फागुनसम्म भने विदेशी पर्यटक मार्फत  रु.४७ अर्ब ५८ करोड आम्दानी भएको थियो ।

अहिले कोरोना भाइरसको त्रासले नेपालमा विदेशी पर्यटकको आगमन हुन सकेको छैन । तर, चालु आवको आठौं महिनासम्म भने यसले कुनै असर नगरेको देखिन्छ । यद्यपि, अबका दिनमा भने विदेशी पर्यटक मार्फत हुने आम्दानी घट्ने देखिएको छ । कोरोना भाइरसबाट बच्न सरकारले लकडाउन लगाएको छ । फलस्वरुप अहिले नेपालमा पर्यटक आगमन शुन्य छ । साथै, कोरोना त्रासले विश्व पर्यटन क्षेत्र नै प्रभावित भएको छ, जसअनुसार अबको दिनमा भ्रमण आय घट्न सक्ने बताइएको छ ।

यस्तै, नेपाली पर्यटकले विदेशमा भ्रमण खर्च गर्ने पैसा भने २०.८ प्रतिशतले घटेको छ । समिक्षा अवधीमा भ्रमण र अध्ययनका नाममा रु. ४८ अर्ब ९६ करोड नेपालदेखि बाहिरीएको छ । यसमध्ये अध्ययन तर्फ भने रु.२३ अर्ब ९८ करोड रहेको छ । 
अघिल्लो वर्षको सोही अवधिमा भ्रमण खर्च रू. ६१ अर्ब ८२ करोड रहेकोमा शिक्षा तर्फको खर्च भने रु. ३२अर्ब १७ करोड रहेको थियो ।  नेपाल राष्ट्र चालु आर्थिक बर्षमा बैदेशिक भ्रमण र बैदेशिक अध्ययनमा दिने नोट सटही सुविधामा कडाई गरेको थियो । फलस्वरुप यसमार्फत बाहिरी रकममा ह्रास आएको हो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया