माथिल्लो तामाकोशीमा बेथिती : पुस मसान्तमा विद्युत् बाल्ने सपना यसरी हुँदैछ चक्नाचुर

५ बर्ष अगाडि

काठमाडौ. । आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई पछिल्लो पटक सडकले अवरोध गरेको छ ।

आयोजनामा भारतीय ठेकेदार टेलम्याकले अवरोध गरिरहेकै छ । उसले तोकिएको कार्य सम्पादन गर्न समेत अटेर गरिरहेको छ । हिउँदभरी निदाएर बसेको भारतीय ठेकेदार बर्खा लाग्न थालेपछि चल्मलाएको जस्तो देखिएको थियो । तर सामान आयात गर्न नसक्दा आयोजनना नजराम्ररी प्रभावित भएको छ ।

आयोजनाको हाल भौतिक प्रगति करिब ९७ प्रतिशतको हाराहारीमा पुगेको छ । तर भारतीय ठेकेदारले निर्माण सामग्री आयात गर्न नस्क्दा आगामी पुस मसान्तमा आयोजनाको निर्माण सक्ने भनेर तय गरिएको लक्ष्य भने पूरा ्नहुने स्पष्ट भएको छ ।

विशेष गरी आयोजनाको सुरुङ भित्र रहेको दुई वटा ठाडो सुरुङमा जडान गर्ने स्टिलको पाता आयात गर्न सकिएको छ । भर्टिकल सार्प नाम दिइएको उक्त सुरुङ ३१० मिटर र ३७० मिटर लामा छन् । त्यसमा स्टिल लाइनिङ गरेर ढलान गर्नुपर्ने हुन्छ ।

तर भारतीय ठेकेदारले हालसम्म पनि सो कार्यको मात्रै ३० प्रतिशत काम सम्पन्न गरेको छ । ७० प्रतिशत काम कहिले पूरा हुने हो कुनै पनि ग्यारेन्टी छैन ।

आयोजनाका प्रमुख रहेका विज्ञान श्रेष्ठले मात्रै नभई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुनले पनि गत महिना स्थलगत निरिक्षण गरी आयोजनाको काम तोकिएको समयमा पूरा गर्न निर्देशन दिए । तर निर्देशनअनुसार काम हुन भने सकेको छैन ।

पछिल्लो पटक सडकका कारण आयोजना नराम्ररी प्रभावित भएको छ । सिन्धुपाल्चोकको खाडीचौरदेखि दोलखाको चरीकोटसम्मको सडक नराम्ररी बिग्रिएको छ । सो सडक पुनः निर्माण तथा मर्मतमा निर्माण व्यवसायीले ध्यान दिएका छैनन् । उनीहरुले सडक अलपत्र पारेर छाडेका छन् । जसका कारण स्थानीयबासीलाई आवत जावत गर्न त समस्या परेकै छ । त्यो भन्दा बढी समस्या आयोजनालाई परेको छ ।

ठूला ठूला पाता बोकेका ट्रक नै हिड्न नसक्ने गरी सडक बिगारिएका कारण आयोजना नराम्ररी प्रभावित भएको हो ।

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले आयोजना सडकका कारण प्रभावित भएको बताउँछन् । सडक निर्माणमा संलग्न ठेकेदारलाई जिल्ला प्रशासन कार्यालय दोलखा , स्थानीय तह तथा आयोजनाले पटक पटक शिघ्र निर्माण गरिदिन आग्रह गरेपनि हालसम्म कुनै पनि सुनुवाई नगरीकन बसेको छ ।

आयोजनालाई जसरी भएपनि पर धकेल्ने लक्ष्यका सडक निर्माणमा संलग्न ठेकेदार समेत लागेको त होइन भन्ने प्रश्न समेत उब्जिएको छ । आयोजना सम्पन्न भएपछि आगामी जेठदेखि भारतबाट आयात हुने विद्युत् करिब करिब रोकिने छ । सोही कारण पनि भारतीय व्यापारीलाई नराम्ररी टाउको दुःखेको हुन सक्ने जानकारहरुको भनाइ छ ।

आयोजनालाई जे जति गरेर ढिलाई गर्न सक्यो, त्यति नै बढी फाइदा हुने भारतीय व्यापारीको बुझाइ छ । आयोजना सकिएपछि वार्षिक रु १९ अर्ब बराबरको विद्युत् आयात भइरहेकोमा त्यो भने रोकिने छ । सोही कारण पनि भारतीय ठेकेदार, सडक आयोजनाको ठेकेदारलगायतले आयोजनामा ढिलाई गर्न भरमग्दूर प्रयास गरेको हुन सक्ने स्थानीयबासीको आरोप छ ।

आयोजना प्रभावित पार्ने, स्थानीयबासीलाई आवत जावत नै रोक्ने गरी सडक बिगार्नकाुे मक्सद अरु हुनै नसक्ने उनीहरुको भनाइ छ । आयोजनाको काम सकिन केवल तीन प्रतिशत मात्रै बाँकी रहेको अवस्थामा ठेकेदारका कारण ज्यादती, हुनु, स्टिल लाइनिलङको काम नहुनु, सडक बिगारिनु जस्ता विषय सबैभन्दा बढी जटिल बन्न्ुले आयोजना पर धकेल्ने मस्कद रहेको देखिन्छ ।

आयोजनाले गत महिना स्थानीयबासीलाई बिक्री गरेको साधारण शेयरमा तीन गुणा बढी आवेदन परेको थियो । यस्तै केही समय भित्रै आम नेपालीका लागि पनि आयोजनाले साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया