यसकारण नेकपाको तल्ला कमिटीको एकतामा बिलम्ब

५ बर्ष अगाडि

काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को तत्लाका कमिटीको एकतामा ढिलाई भएको छ । 
पार्टीभित्र माधव नेपाल समूहले भागबण्डाको विषयमा असन्तुष्टि जनाएसँगै तल्लो तहको पार्टी एकतामा ढिलाई भएको हो । 

 जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि तल्लो तहको पार्टी एकता तीन महीनाभित्र गरिसक्ने बताइएको थियो ।    
तर, यो बीचमा पनि विवादकै कारण एकतामा ढिलाई भएको हो । 

नेताहरु छलफलमा 
यही विषयमा छलफल गर्न बिहिबा सचिवालय बैठक बस्दै छ  । बैठकमा  सांगठानिक एकीकरणको कार्यलाई अघि बढाउने विषयमा छलफल हुने बताइएको छ ।  

यसअघि बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको  सचिवालय बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले सरसल्लाह र परामर्शअनुसार प्राप्त भएको प्रतिवेदन प्रस्तुत गरेका थिए भने बैठकमा उक्त प्रतिवेदनमाथि छलफल भएको थियो । 

सो बैठकमा अध्यक्ष द्वयले एकीकरणका कार्यलाई सम्पन्न गर्ने नीतिगत मान्यता प्रस्तावित गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया