ताजा समाचार

विराटनगरबाट हिँडेका आधादर्जन बस काठमाडौं भित्रिए, स्वास्थ्य जाँच कस्तो छ ?

३ बर्ष अगाडि

विराटनगरमा अलपत्र परेका काठमाडौंका बासिन्दा धमाधम उपत्यका भित्रन थालेका छन् । विराटनगर महानगरपालिकाको पहलमा अलपत्र परेका यात्रु धमाधम काठमाडौं भित्रिएका हुन् । 

आज बिहान ७ वटा बसमा १६० जना यात्रु काठमाडौं प्रवेश गरेका छन् । हिँजो बिराटनगरबाट हिँडेका ति बस आज बिहान नागढुंगा नाकाबाट काठमाडौं भित्रिएको प्रहरीले जनाएको छ । 

विराटनगरबाट ना ६ ख ९१४०, ना ७ ख ९५४, ना ७ ख ९५५, ना ८ ख ८००१, ना ८ ख ८००२, ना ५ ख ६८८ र ना ५ ख ८००४ नम्बरका बसहरु यात्रु लिएका आएका थिए । ती बसले काठमाडौंमा अलपत्र परेका विराटनगरबासीलाई लैजाने छन् । 

नागढुंगा नाकामा शरीरको तापक्रम जाँचेर काठमाडौं उपत्यका प्रवेश गराइएका यात्रुहरुको   नाम, ठेगाना, सम्पर्क नम्बर टिपेर, सम्बन्धित वडा र स्थानीय प्रहरीको निगरानीमा रहने गरी प्रहरीले छाडेको को हो ।

विराटनगरमा उनीहरु सबैको स्वास्थ्य जाँच गरिएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले बताए । 

३ बर्ष अगाडि

प्रतिक्रिया