सरकारले खकार संकलन गर्ने सामग्री नै नदिएपछि कोरोना प्रयोगशालामा परिक्षण बन्द

३ बर्ष अगाडि

कोरोना भाइरस संक्रमणको जाँच गर्न स्थापना भएको नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना प्रयोगशालामा जाँच गर्ने सामग्री नै आभाव भएको छ । 

कोरोना भाइरस परीक्षण यन्त्र रियल टाइम पोलिमर चेन रिएक्सन (आरटीपिसिआर)मा शङ्कास्पद बिरामीको स्वाब नमूना सङ्कलन गर्ने सामग्री भिटिएमको अभाव भएको अस्पतालका निमित्त प्रमुख डा प्रकाश थापाले बताए । 

सो प्रयोगशाला एक हप्ताअघि मात्र स्थापना भएको थियो ।  
     
आइसोलेशन अस्पतालमा रहेका कोरोना शङ्कास्पद बिरामीको स्वाव नमूनाका रुपमा खकार र ¥याल सङ्कलनका लागि भिटिएमको प्रयोग हुन्छ । 

अस्पतालमा रहेका बिरामीको भिटिएममा नमूना सङ्कलन गरी प्रयोगशालासम्म पु¥याएर आरटीपिसिआर यन्त्रमार्फत कोरोना भाइरस परीक्षण गर्ने गरिएको छ ।     

 डा थापाले भिटिएमको अभाव भएकाले गर्नैपर्ने व्यक्तिको मात्रै पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने गरिएको बताए । 

 भीटीएम अभाव हुनासाथ प्रदेश र केन्द्रमा माग गरिए पनि आइनपुगेका कारण कोरोना परीक्षणमा समस्या हुने गरेको उनको भनाई छ । 
   
गत वैशाख ७ गतेदेखि भेरी अस्पतालको प्रयोगशालामा आरटीपिसिआर यन्त्रमार्फत कोरोना भाइरस परीक्षण शुरु गरिएको थियो । 
भेरी अस्पतालमा बाँके, बर्दिया र दाङबाट कोरोना परीक्षणका लागि स्वाब नमूना आउने गरेको छ ।

‘कोरोना भाइरस परीक्षण बिरामी सीधै प्रयोगशालामा आएर गर्ने होइन, अस्पतालमा भर्ना भएपश्चात् जाँच गराउनुपर्ने आवश्यकताका आधारमा अस्पतालले स्वाब नमूना सङ्कलन गरेर पठाउनुपर्छ’, डा. थापाले भने, ‘कोरोना परीक्षण गराउनुपर्ने अवस्थाका बिरामी नहुनु राम्रो हो तर अस्पतालसम्म नपुगेका वा अस्पतालबाट पनि नमूना सङ्कलन हुन नसकेमा चिन्ता मान्नुपर्छ ।’     
     
बाँके र बर्दियाका शङ्कास्पद बिरामीलाई लक्ष्य गरी भेरी अस्पतालको प्रयोगशालामा सञ्चालनमा आएको आरटीपिसिआर यन्त्रबाट एक दिनमा कम्तीमा ७० देखि एक सय जनाको नमूना परीक्षण गर्न सकिने डा थापाको भनाइ छ ।

 भेरी अस्पतालमा कोरोना परीक्षण यन्त्र सञ्चालनमा नआउँदा जिल्ला स्वास्थ्य कार्यालयले अस्पतालमा भर्ना भएका आशङ्कित बिरामीको स्वाब नमूना सङ्कलन गरेर काठमाडौँ र भैरहवास्थित प्रयोगशालामा पठाउने गरेको थियो ।     
     
भेरी अस्पतालमा यन्त्र सञ्चालन भएपछि नमूना सङ्कलन गर्ने कार्य स्वास्थ्य कार्यालयबाट बन्द भएको कार्यालय प्रमुख धीरजङ्ग शाहले जानकारी दिए । माग भएअनुसारको परिमाणभन्दा न्यून मात्रामा प्रदेशबाट पठाइने गरिएकाले भिटिएमलगायत स्वास्थ्य सामग्रीको अभाव हुने गरेको शाहले जानकारी दिए । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया