जेहेन्दार विद्यार्थीलाई निःशुल्क एमबीबीएस पढाउने वाइसियलको घोषणा

६ बर्ष अगाडि

काठमाडौं–  वाइसियल नेपाल जिल्ला कार्यसमिति काठमाडौंले आर्थिक अवस्था कमजोर भएका जेहेन्दार एक जना विद्यार्थीलाई निःशुल्क एमबीबीएस पढाउने निर्णय गरेको छ । 
गरीब, विपन्न र  आर्थिक अवस्था कमजोर भएका  १ जना जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढाउने निर्णय गरिएको  वाइसियल जिल्ला कार्यसमिति काठमाडौंका अध्यक्ष शिशिर लामाले  जानकारी दिए । 

उनले  यसै शैक्षिक सत्रदेखि  एक जनालाई एमबीबीएस पढाउने र त्यसका लागि लाग्ने सम्पूर्ण खर्च  संगठनले बेहोर्ने निर्णय गरिएको जानकारी दिए । 

 गरीब तथा विपन्न समूदायका  जेहेन्दार विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययनको चाहना पूरा गर्नको लागि वाइसियल माध्यम बन्न खोजेको भन्दै उनले इच्छुक विद्यार्थीलाई वाइसियलको काठमाडौं जिल्ला कार्यालयमा सम्पर्क गर्न आग्रह गरे । 

उनका अनुसार सम्पर्कमा आउनेमध्येबाट  विपन्न र सबैभन्दा जेहेन्दार विद्यार्थीको चयन गरिने छ  ।

६ बर्ष अगाडि

प्रतिक्रिया