सस्तोमा बिशेषज्ञ सेवा, भोला रिजालको ओपिडिमा बिरामिको भिड

५ बर्ष अगाडि

ओम अस्पताल छाडेर नेपाल मेडिकल कलेज अत्तरखेलमा सेवा सुरु गरेका बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा। भोला रिजालको ओपिडिमा बिरामिको भिड लाग्न थालेको छ । सस्तोमा गुणस्तरीय सेवा पाउने भएपछि बिरामीहरुको भिड नेपाल मेडिकल कलेज जोरपाटीमा लागेको हो । 

डा रिजाललाई स्वास्थ्य उपचार गराउन स्वदेश तथा बिदेश देखि बिरामी नेपाल मेडिकल कलेज जोरपाटी आएका छन् । रिजालले एक हप्ता अगाडी मात्रै ओम अस्पताल छाडेको घोषणा गरेका थिए । ओम छाडेसंगै शिक्षण अस्पतालमा सेवा सुरु गरेका उनले गरिव तथा विपन्न नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिने बताएका छन् । 

महंगो उपचार सेवा दिदै आएको ओम अस्पताल छाडेर नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सेवा सुरुगरेका डा रिजाल मार्फत उपचार गराउने बिरामिको भिड लाग्न थालेको छ । अस्पतालको तुलनामा शिक्षण अस्पताल आफैमा सस्तो हुन्छ । सस्तोमा बिशेषज्ञ सेवा र रोजेको डाक्टर पाउने भएपछि आफु इलामबाट नेपाल मेडिकल कलेजमा स्वास्थ्य परिक्षणका लागि आएको हिरा शर्माले बताईन । ओममा सेवा महंगो छ, बाध्यतादे डा। रिजाललाई देखाउनु पथ्र्यो । अब सस्तोमा त्यो पनि गुणस्तरीय सेवा पाइएको छ उनले थपिन । १ लाख रुपैयाँ लाग्ने अपरेशन ३० हजारमा भएको छ, यसले पनि गरिब तथा विपन्न नागरिकलाई राहत हुने उपचारमा आएकी शर्माले भनिन् । 

हङ्कङ्मा ठिक नभए पछि एनएमसीमा
हङ्कङमा ६ पटक स्वास्थ्य जाँच गराउँदा पनि रोग पत्ता नलागे पछि गिता श्रेष्ठ डा। रिजाललाइ देखाउँन नेपाल मेडिकल कलेज जोरपार्टी पुगीन । उनलाई महिनावारी गडबढी लगायत अन्य समस्या थियो । उनले ६ पटक भिडियो एक्सरे गर्दा पनि चिकित्सकले रानेग पत्ता लगाउन नसके पछि आफु रिजालकोमा आएको बताईन । एक हप्ताको बिदामा आएकी श्रेष्ठले आफुन्तहरुबाट रिजालबारे जानकारी लिएकी थिईन । 

५० हजारको अपरेशन ८ हजारमा 
डा। रिजालले नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सेवा सुरु गरेसंगै बिरामीलाई उपचारमा भारी सहुलीयत हुने भएको छ । ओममा ५० हजार पर्ने अपरेशन शिक्षण अस्पतालमा रिजालले ८ देखि २० हजार सम्ममा गर्नेछन् । त्यस्तै ५ सय ओपिडि टिकट ओममा रहेकोमा अब एनएमसीमा २५ रुपैया रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया