सेञ्चुरी बैंक र एफवान सफ्टबीच सम्झौता, अब सेञ्चुरी पे मोबाईल एपमार्फत बैंकिङ्ग सेवा

३ बर्ष अगाडि

काठमाडौं– सेञ्चुरी कमर्शियल बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । 


सम्झौता पत्रमा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवास बहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे । सम्झौताअनुसार अब बैंकले सेञ्चुरी पे नामक मोबाईल एप्समार्फत मोवाइल बैकिङ्ग सेवा उपलब्ध गराउनेछ ।


सेञ्चुरी पेमार्फत ग्राहकले ५० भन्दा बढि बैंकका खातामा रकम ट्रान्सफर, बिजुलीको महशुल, टिभी, इन्टरनेटको बिल भुक्तानी, मोबाईल रिचार्ज, हवाइजहाज, बस तथा सिनेमाको टिकट खरिदका साथै एक लाखभन्दा बढि मर्चेन्टमा क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिनेछ । 


यसैगरी सेञ्चुरी पेमा आफ्नो मोबाईलमार्फत आफै मोबाईल बैंकिङ्ग एक्टिभ गर्न सकिन्छ ।  साथै फिंगर प्रिन्ट इनेबल गरी सहजै कारोबार गर्न सकिनेछ । एफवान सफ्टले तयार गरेको यो मोबाईल एप्स्मा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको बैंकले जनाएको छ ।

देशकै कान्छो वाणिज्य बैंकको रुपमा स्थापित सेञ्चुरी कमर्शियल बैंकले अत्याधुनिक किसिमको बैंकिङ्ग सेवा दिँदै आएको छ । बैंकले १ सय १३ शाखा, १० एक्टेन्सन काउन्टर, १७ शाखारहित बैंकिङ, ८३ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया