महिला प्रिमियर लिग फुटसल

५ बर्ष अगाडि

काठमाडौँ– महिला प्रिमियर लिग फुटसल प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ । 

दुई महिनासम्म चल्ने उक्त प्रतियोगितामा आठ टोलीको सहभागिता रहने लिगका संयोजक निष्ठा थापा श्रेष्ठले जानकारी दिए । आगामी कात्तिक १७ गतेसम्म हरेक शनिबार प्रतियोगिताका खेल मण्डिकाटारस्थित ‘एक्सेल रिक्रिएशन फुटसल मैदान’मा सञ्चालन हुने छन् । खेलको नतिजाका आधारमा अङ्क जोडिने र अन्तिममा उपाधिको छिनोफानो हुनेछ । 

महिला सशक्तीकरणका नामक संस्थाको आयोजना तथा यूरोपियन युनियन ९इयु०को सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा बार्सा नेपाल, म्यानचेस्टर युनाइटेड फ्यान क्लब, फुटसल एरिना, एनएमबी बैंक, कुमारी फुटसल लगयएतका टोलीको सहभागिता रहनेछ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया