अन्ततः शेयर कारोबार खुल्ला

३ बर्ष अगाडि

काठमाडौं – अन्ततः नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लडकाउनका कारण बन्द भएको शेयर कारोबार आजदेखि खुल्ला गरेको छ । नेप्से भख्खर ११ बजेदेखि शेयर कारोबार खुल्ला गरेको हो ।
नेप्सेका अनुसार आज १२५१.४५ विन्दुबाट शेयर कोरोबार सुरु भएको छ । कोरोना भाइरसको प्रकोप र लकडाउनलाई दृिष्टगत गर्दै शेयर कारोबार भने १ बजेसम्म मात्र खुल्ला गरिने छ ।
कोरोना भाइरसलाई नियन्त्रण तथा रोकथाम गर्न सरकारले गत चैत ११ गतेदेखि ‘लकडाउन’ घोषणा गरेपछि शेयर बजार पनि बन्द थियो । तर, सरकारले अहिले लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै शेयर कारोबार पनि खुल्ला गरिएको हो । नेपाल धितोपत्र बोर्डले मङ्गलबारदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन भन्दै नेपाल स्टक एक्सचेन्जलाई केही दिन अघि नै निर्देशन पनि दिएको थियो । त्यसपछि नेप्सेले दैनिक २ घण्टा मात्र बजार खुल्ला गर्ने निर्णय गरेको हो । 

प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोवार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था गरिएको छ ।

धितोपत्र बिक्रीको भुक्तानी अनिवार्यरुपमा आइपिएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र आगामी साउनदेखि पूर्णरुपमा विद्युतीय माध्यम नै अवलम्बन गरिने भएको छ । नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोवार बन्द गरिनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया