कारोबारको पहिलो घण्टामै ओरालो लाग्यो नेप्से , २२ अंकको गीरावट

३ बर्ष अगाडि

माहमारी कोरोना कारण देशमा लकडाउन भएसंगै बन्द भएको सेयर बजार आज (मंगलबार) बाट पुन सुचारु भएको छ । 

कारोबारको अबधि २ घण्टा रहेको छ । कारोबार पहिलोे दिन नेप्से परिसुचक २२ अंकले घटेको छ ।

११ बजे १२५१.४५ को बिन्दुबाट सुरु भएको कारोबार १.७७  प्रतिशतले घटेर १२ बजेसम्म आइपुग्दा बढेर  १२२९.२४ को बिन्दुमा पुगेको छ । । 

अहिलेसम्म कारोबारमा आएका  ६९ कम्पनीको ९९ हजार कित्ता शेयर १ सय ७२ पटक खरिद बिक्रि हुँदा १० करोड २९ लाख बराबरको  कारोबार भएको छ । 

कारोबारमा आएका १० उपसमुहमा सबै उपसमुहको  कारोबार घटेको छ ।

त्यस्तै , आज कारोबारमा आएका सबै कम्पनीमध्ये  सिटिज्न इन्भेस्टम्न्ट ट्रस्टको  ८ करोड ८८ लाख बराबरको  कारोबार गरेर उच्च स्थानमा छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया