लकडाउन प्रभावः विदेशी पर्यटक मार्फत हुने आम्दानी घट्दै

३ बर्ष अगाडि

काठमाडौं - कोरोना भाइरस र त्यसलाई रोक्न लगाइएको लकडाउन कारण विदेशी पर्यटक आउन नसक्दा चालु आवको ९ महिनामा भ्रमण आयको बृद्धिदर खुम्चिीएको छ । गत आवहरुमा उच्च मात्रामा बढ्ने गरेको भ्रमण आय यस पटक सेवा खाता अन्तर्गतको भ्रमण आय  ०.६ प्रतिशतले वृद्धि भई रु. ५५ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु. ५५ अर्ब ४३ करोड रहेको थियो ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट बैंकका अनुसा सेवा खाता अन्तर्गतको भ्रमण व्यय भने २६.४ प्रतिशतले घटी रु. ५० अर्ब २२ करोड पुगेको छ  यसमध्ये शिक्षातर्फको व्यय रु.२४ अर्ब ६५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.६८ अर्ब २६ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.३५ अर्ब ४४ करोड रहेको राष्ट्र बैंकको भनाइ छ । 

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद सेवा आय रु.४ अर्ब ५९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.९ अर्ब ६२ करोडले घाटामा रहेको थियो ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया