बाबुरामविरुद्ध अमेरिकामा कालो प्रदर्शन, गो ब्याक भन्दै के–के भने ?

५ बर्ष अगाडि

काठमाडौं – हाल अमेरिका भ्रमणमा रहेका  नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईविरुद्ध अमेरिकामा कालो विरोध प्रदर्शन भएको छ । अमेरिकामा रहेका केही नेपाली टेक्सासमा उनीविरुद्ध चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । 
उनीहरुले गो ब्याक, युद्धअपराधीलगायतका आपत्तिजनक नारा लगाउँदै बाबुरामविरुद्ध नाराबाजी गरेका थिए । नाराबाजी भइरहँदा भट्टराई कार्यक्रम हलतिर प्रवेश गरेको सामाजिक सञ्जालहरुमा आएका भिडियोमा देखिन्छ । 
तत्कालिन माओवादीका नेताहरुले नेपालीमाथि ठूलो अपराध गरेको उनीहरुको आरोप छ ।


डा भट्टराई भाद्र २८ गतेदेखि अमेरिका भ्रमणमा छन् । उनको साथमा पन्ती हिसिला यमी पनि सँगै छिन् ।  बाबुराम संविधान जारी भएपनि तत्कालिन माओवादी छाडेर नयाँ शक्ति अभियानमा होमिएका थिए । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया