उद्योगले ल्याउने गाडीमा १ प्रतिशत मात्र भन्सार

३ बर्ष अगाडि

उद्योगले आफ्नो प्रयोजनको लागि ल्याउने गाडीको भन्सार शुल्क एक प्रतिशत कायम गर्ने व्यवस्था गर्न एक सरकारी उपसमितिले सिफारिस गरेको छ।

सरकारको बजेट ल्याउन केहि दिन बाँकी रहेका बेला चालू आर्थिक वर्षको बजेटमा सरकारद्वारा गठित उद्योग, वाणिज्य लगानी तथा निर्यात प्रवर्द्धन उपसमितिले सो सिफारिस गरेको हो।

बजेटको लागि आउने विभिन्न सुझाव तथा सिफारिसमध्ये यो उपसमितिलाई महत्वपूर्ण रुपमा लिइने गरिन्छ।

यो उपसमितिले उद्योगले आफ्ना मजदुर तथा कर्मचारी ओसार्नका लागि प्रयोग गर्ने सवारी र मालवस्तु ढुवानी गर्ने ढुवानी साधनमा १ प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गर्न अर्थ मन्त्रालयलाई भनेको हो।

३ बर्ष अगाडि

प्रतिक्रिया