विदेशबाट फर्किन चाहनेले मोवाइल एप्समा आवेदन दिन सक्ने

३ बर्ष अगाडि

स्याङ्जाको फेदीखोला गाउँपालिकाले विदेशबाट फर्किन चाहनेको नामावली सङ्कलन गर्न शुरु गरेको छ । 

कोरोनाको महामारीसँगै विदेशमा रहेका गाउँपालिकावासीको तथ्याङ्क सङ्कलनका लागि मोबाइल एप्स सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ ।     
     
गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले विदेशमा रोजगारी गुमाएर समस्यामा परेका नेपाल आउन चाहने गाउँपालिकाबासीको तथ्याङ्क सङ्कलन गरिएको र अहिलेसम्म ४०० बढीले आवेदन दिइसकेको बताए ।    
     
विदेशबाट फर्किएकालाई युवा स्वरोजगार बंैकमार्फत रोजगारी दिने योजनामा गाउँपालिका रहेको अध्यक्ष सुवेदीले बताए । 

“वैदेशिक रोजगारीबाट फर्किएका समूहमा काम गर्न चाहने युवाको समूहलाई रु पाँच लाखसम्म बिनाधितो ऋण दिन्छौँ ”, उनले भने । 

युवालाई गाउँमै राख्न सक्ने अवस्थाको निर्माण नहुँदासम्म देशको विकास सम्भव नभएको बताउँदै जतिसक्दो गाउँघरमै रोजगारी सिर्जना गर्ने अभियानमा गाउँपालिका रहेको सुवेदीले बताए । 
     
कृषि, पशुपालन र घरेलु उद्योग गर्न चाहने युवाहरुको समूहलाई बिनाधितोमा ब्याज तिर्नु नपर्ने गरी लगानी गरिने सो रकम किस्ताबन्दीमा पाँच वर्षसम्म फिर्ता गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।  

३ बर्ष अगाडि

प्रतिक्रिया