करोडौंको शेयर बिक्रीमा, तपाईँले भर्नुभयो ?

६ बर्ष अगाडि


काठमाडौं । धितोपत्र बजार निरन्तर ओरालो लागिरहेको छ । तर बैंक तथा वित्तीय संस्थादेखि विविभन्न कम्पनीको साधारण शेयर बिक्री गर्नेदेखि हकप्रद शेयरको समेत बिक्री भने ह्वात्तै बढेको छ ।
नियमानुसार बिक्री गर्नुपर्ने हकप्रद शेयरको भोल्यमु समेत बढी रहेको छ । नेपाल धितोपत्र बोर्डको निर्णयअनुसार अहिले बजारमा दुई वाणिज्य बैंक सहित अहिले बजारमा विभिन्न नौ कम्पनीका रु ५ अर्ब २२ करोड ४३ लाख ७२ हजार ६०४ बराबरको ५ करोड २२ लाख ४३ हजार ७२६ दशमलव ०४ कित्ता हकप्रद शेयर बिक्री भइरहेको छ ।
हकप्रद शेयर निष्कासन गर्नेमा क वर्गका वाणिज्य बैंक दुई वटा रहेका छन् ।  प्रभु र सिद्धार्थ जस्ता क वर्गका वाणिज्य बैंकको हकप्रद शेयर बिक्री भइरहेको छ ।
कूल चुक्तापूँजीको ४० प्रतिशत हकप्रद निष्कासन गरेको प्रभु बैंकको हकप्रद भर्ने म्याद आज आइतबार समाप्त हुँदैछ । त्यस्तै गत पुस २३ गतेदेखि दुई बराबर १ को अनुपातमा हकप्रद जारी गरेको सेन्ट्रल फाइनान्सको हकप्रदमा आवेदन दिने समय पनि आजै सकिदैछ ।
त्यस्तै कर्णाली डेभलपमेन्ट र लुम्बिनी विकास बैंकको फागुन १६ गते, कामना सेवा विकास बैंक र श्री इन्भेष्टमेन्ट फाइनान्सको फागुन २० गते, ग्रीन डेभलपमेन्ट फागुन २३ गते, नेको इन्स्योरेन्सको चैत १ र सिद्धार्थ बैंकको हकप्रद लगानीकर्ताले चैत १ गतेसम्म भर्न सकिनेछ ।
 
ग्रीन डेभलपमेन्ट बैंकको हकप्रद भर्ने म्याद भने थप गरिएको छ ।  यसअघि माघ २ गतेदेखि फागुन ८ सम्म हकप्रदमा आवेदन दिने समयावधि दिइएको भएपनि त्यसलाई बढाएर फागुन २३ गतेसम्म आवेदन दिने समय थप गरिएको हो ।
त्यस्तै रसुवागढी र साञ्जेन हाइड्रोपावरको रु २ अर्ब ५१ करोड ६० लाख बराबरको सिमित साधारण शेयर (आइपिओ) गत शुक्रबारदेखि बिक्री सुरु भएको छ ।
साञ्जेन जलविद्युत कम्पनीले रु १००  अंकित मूल्यमा रु ८७ करोड ६० लाख बराबरको ८७ लाख ६० हजार कित्ता र रसुवागढी हाइड्रोपावर कम्पनीको रु एक अर्ब ६४ करोड बराबरको १ करोड ६४ लाख २१ हजार ४० कित्ता शेयर बिक्री खुल्ला गरेका छन् ।
तपाईसँग लगानी योग्य रकम छ भने नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर उल्लेखित कम्पनीको हकप्रद तथा साधारण शेयर खरिद गर्न सक्नुहुनेछ ।

६ बर्ष अगाडि

प्रतिक्रिया