गण्डकी प्रदेशका थप १६ जनामा कोरोनाभाइरस सक्रमण पुष्टि

३ बर्ष अगाडि

गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, म्याग्दी र पर्वतमा गरी १६ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । 
गण्डकी प्रवेशको सामाजिक विकास मन्त्रालयका अनुसार बागलुङका १० जनामा कोरोना संक्रमण भएको छ । उनीहरु १६ देखि ३३ वर्षसम्मका रहेका छन् । 
यसैगरी स्यांजाका १, म्याग्दीका १ र पर्वतका ४ जना रहेका छन् । 
योसँगै गण्डकी प्रदेशकमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया