डिस्को जाने उमेरमा भक्तिमार्गमा अनमोल-सुहाना : एकसाथ बारी खन्दै

३ बर्ष अगाडि

नायक अनमोल केसी नेपाली फिल्म जगतमा स्टारडम कायम राख्न सफल व्यक्ति मध्येका एकमा पर्छन् । फिल्म प्रामोसन, प्रदर्शनको समय बाहेक उनी आफ्नै दुनियामा रमाउने गर्छन् । फिल्म जगतमा प्ले ब्वाईको उपाधी पाएका बाबु भुवन केसी भन्दा उनी बिल्कुल भिन्न छन् । भिडभाड भन्दा शान्ति मन पराउने, क्लव जाने भन्दा ध्यानमा समय बिताउने, उनको जीवन शैली एक स्टारको भन्दा पनि सन्तको झैँ छ । शाहाकारी केसी भगवान श्रीकृष्णका भक्त हुन् ।

जेठ २० गते तुलसीको बिउ राख्ने दिन अर्थात निर्जला एकादसी, उनी बुढानिलकन्ठ पुगेका थिए । वास्तवमा उनले त्यहा ३दिन समय बिताएर हिजो मात्रै घर फर्किएका हुन् । उनी आफैँले सार्वजनिक गरेको भिडीयोमा उनी नायिका सुहाना थापासंग बारी खन्दै देखिन्छन् । भजन मण्डली सहित उनीहरु काममा ब्यस्त छन् । अनमोलले भिडियो सेयर गर्दै ,’खाना दिए आजको भोक मेटिने, उत्पादन गर्न सिकाए सधै भारी खान पुग्ने’ लेखेका छन् ।

मण्डली कै साथ अनमोल गितार बजाउदै भजन गाउदै देखिन्छन् । साथै सुहानाको साथ उनी जल अर्पण गर्दै पूजा गर्दै देखिन्छन् । युवा पुस्ता रामझममा रमाईरहदा यी दुइको भगवान भक्ति बिल्कुल भिन्न छ ।
यी दुवै जनाको दोश्रो फिल्म ए मेरो हजुर चार छायांकनको क्रममा नै कोरोना भाइरसको प्रकोपका कारण रोकिएको छ । यी दुइको जोडीलाई अगिल्लो फिल्ममा समेत मन पराइएको थियो । दुबैजना सहाकारीको साथ साथ कृष्ण भक्त हुन्  ।

 

 

३ बर्ष अगाडि

प्रतिक्रिया