ह्वात्तै घट्यो नेपाल सेवा लघुवित्तको नाफा, प्रतिशेयर आम्दानी ०.८१ मात्र

३ बर्ष अगाडि

काठमाडौं - नेपाल सेवा लघुवित्तले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा रु. १ लाख ६२ हजार मात्र खुद नाफा कमाएको छ । लघुत्तिले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । 
लघुवित्तको यो नाफा गत आवको सोही अवधीको भन्दा कम हो । गत आवको सोही अवधीमा लघुवित्तले रु. १३ लाख ६ हजार नाफा कमाएको थियो भने चालु आवको दोस्रो त्रैमासमा नै रु. १८ लाख ३४ हजार खुद नाफा भएको थियो । तर, कोरोना भाइरसका कारण तेस्रो त्रैमाससम्ममा आउँदा नाफा घटेको हुन सक्ने बताइएको छ ।
लघुवित्तले हालसम्म रु. १० करोड २० लाख १९ हजार डिपोजिट संकलन गरेको छ । यस्तै,  कर्जा तर्फ भने रु. ६२ करोड ८८ लाख प्रवाह भएको देखिन्छ । 
प्रवाहित कर्जाबाट लघुवित्तले समिक्षा अवधीमा रु. ५ करोड ५८ लाख कुल व्याज आम्दानी गरेको छ । कम्पनीको खुद व्याज आम्दानी रु. १ करोड ८६ लाख ९९ हजार रहेको छ । 
हाल लघुवित्तको चुक्तापुँजी ६ करोड रहेको छ । लघुवित्तले आफ्नो जगेडामा रु. १६ लाख ४१ हजार रकम जम्मा गरेको छ । वित्तिय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दनी ०.८१, मुल्य आम्दानी अनुपात७१३.४५, प्रतिशेयर नेटवर्थ १०२.७४, प्रतिशेयर कुल सम्पत्तिको मुल्य १२५४.२२ र तलरता अनुपात ३२.५३ प्रतिशत रहेको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया