कपिलबस्तुका ८ महिने बालकमा पनि कोरोना संक्रमण

३ बर्ष अगाडि

काठमाडौं – कपिलबस्तु जिल्लामा ८ महिनाको शिशुमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । कपिलबस्तुको यशोधारा गाउँपालिकाका ८ महिने बालकमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । 
काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाव परिक्षण गर्दा उनको रिपोर्ट पोजिटीभ आएको मन्त्रालयको भनाइ छ  । आज कपिलबस्तुमा उक्त बालित सहित थप ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले बताएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया