राजधानी र राजधानीबाहिर कहाँ–कहाँ सूपथ मूल्य पसल ?

५ बर्ष अगाडि

काठमाडौँ– सरकारले आगामी असोज १२ गतेदेखि काठमाडौँ उपत्यकासहित देशका मुख्य सहर तथा जिल्ला सदरमुकाममा सुपथ मूल्यको पसल सञ्चालन गर्ने भएको छ ।
 उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर उपत्यकासहित देशका विभिन्न ठाउँमा गरेर ४७ वटा सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको हो । 
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले दसैं तथा तिहारका समयमा उपभोक्तालाई राहत दिन सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जानकारी दिए । 

उनकाअनुसार सरकारले साल्ट ट्रेडिङ, खाद्य संस्थान र दुग्ध विकास संस्थानसँग सहकार्य गरेर सस्तो मूल्यमा उपभोग्य सामान उपलब्ध गराउन सुपथ मूल्य सञ्चालन गर्न लागिएको हो । सुपथ पसल उपत्यकामा कालीमाटी, कोटेश्वर, टेकू, सिंहदरबार, सतुङ्गल, भक्तपुर, ललितपुरमा तीनवटै संस्थानले एकीकृत पसल चलाउने छन् । 
मन्त्रालयका अनुसार खाद्य संस्थानले सिंहदरबारमा एकीकृत र सात प्रदेशमा थप ११ वटा सुपथ मूल्यका पसल सञ्चालन गर्नेछ । यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँमा उपत्यकामा नौवटा आफ्नै डिपोमा सुपथ मूल्य पसल सञ्चालन गर्नेछ भने उपत्यका बाहिर २२ वटा डिपो र घुम्ती पसल गरेर ३६ वटा सुपथ मूल्यका पसल चलाउने योजना तयार भएको छ । 
साल्ट्र टे«डङ्गि कप्रोरेसनले उपत्यकामा तीनवटा मोबाइल भ्यानमार्फत घर दैलोमा सामान पु¥याएर सुपथ मूल्यमा बिक्री गर्ने व्यवस्था गरिएको पनि मन्त्रालयले  जनाएको छ । 
मन्त्रालयका अनुसार उपत्यका बाहिर पोखरा, हेटौँडा, कृष्णनगर, सुर्खेत, नेपालगञ्ज, टीकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेल्धुरा, बेलौरी, त्रिशूली, बैतडी, अछाम, बाजुरा, बझाङ, विर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ज, बागलुङ, भैरहवालगायत स्थानमा सुपथ मूल्यका पसल सञ्चालन आउने गोरखापत्र दैनिकमा खबर छापिएको छ।   

५ बर्ष अगाडि

प्रतिक्रिया