नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

३ बर्ष अगाडि

नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । 

उनले शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि जानकारी दिए । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया