विद्युत् प्राधिकरणमा फेरी बढे घुस्याहा, अख्तियारले हालसम्म समात्यो १८ कर्मचारी

५ बर्ष अगाडि

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका वाह वाही कमाएका कायर्उकारी निर्देशक छन् कुलमान घिसिङ । लोडसेडिङको अन्त्य गदैृ प्रसारण प्रणालीमा रहेको समसया सुधार गरेर नाम कमाएका घिसिङलाई धेरैले सेलीब्रेटी कार्यकारी निर्देशक पनि भन्न रुचाउँछन् । तर उनले नेतृत्व गरेको प्राधिकरणका कर्मचारी धमाधम भ्रष्टाचारको अभियोगमा पक्राउ परेको प¥यै छन् ।

गत वैशाखदेखि हालसम्म कार्यलाय सहयोगी देखि इन्जिनियर तहसम्मका १८ कर्मचारी घुस लिएको अभियोगमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदा लिदै रंगेहात पक्राउ गरेका ती कर्मचारीलाई कारवाहीका लागि अख्तियारले विशेष अदालतमा आग्रह समेत गरेको छ ।

अख्तियारले आवेदन दिएका ती कर्मचारीलाई कानुन अनुसार कारवाही होला तर । कार्यकारी निर्देशक प्राधिकरण सुधार्न लाग्ने तर कर्मचारीलाई भने घुस नभइकन  काम नै नगर्ने प्रवृत्ति पछिल्लो दिनमा प्राधिकरणमा मौलाएको अख्तियारको तथ्यांकले नै पुष्टि गर्दछ ।

अख्तियारले आइतबार मात्रै २० हजार घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण चितवनमा कार्यरत कार्यालय सहयोगी कृष्णबहादुर सुवेदी विरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ ।

प्रसारण लाइनको पोल सार्ने क्रममा सेवाग्राहीसँग २० हजार घुस मागेको अभियोग उनीमाथि लागेको छ । यस्तै केही दिन पहिले पुल्चोक वितरण केन्द्रका इन्जिनियर  २ लाख घुस रकम सहित समातिए । उनले पनि सेवाग्राहीसँग मिटर सिफारिश तथा प्रसारण लाइन मिलाउने प्रयोजनका क्रममा घुस मागेका थिए ।

यस्तै गत असारमा पोखराका इन्जिनियर समातिए । पछिल्लो क्रममा प्राधिकरणका कर्मचारी समातिने क्रम बढेको छ । तर कर्मचारीले घुस लिन भने छाडेका छैनन् । देशभर नै विद्युत् मिटरको अभाव छ । कार्यकारी निर्देशकले अरु विषयमा सहजीकरण गरेपनि मिटर खरिद गर्न सकेका छैनन् । ट्रान्सफर्मरको माग पनि उस्तै रहेको छ । नयाँ ट्रान्सफर्मर खरिद हुन सकेको छैन ।

प्राधिकरणकाअनुसार देशभर ७ लाख मिटरको माग आएको छ । तर प्राधिकरणसँग मात्रै २ लाख मिटर मौंज्दात रहेको छ । मिटर माग भन्दा आपूर्ति कम भएपछि समस्या पर्ने नै भयो । जसले बढी घुस दिन सक्यो, उसैलाई मिटर बाड्ने प्रवृत्ति बढेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ समेत सो कुरा स्वीकार गर्छन । मिटरको माग बढीछ, आपूर्ति गर्ने प्रयास गरिरहेका छौ, तर पुग्दो छैन । त्यसकारण वितरण केन्द्रका कर्मचारीले सेवाग्राहीसँग रकम लिएको हुन सक्छ ।

प्राधिकरण आफैले पनि संयन्त्र परिचालन गरी घुस माग्ने कर्मचारीको विवरण संकलन गरिरहेको छ । ठाँउको ठाँउ कारवाही गर्ने प्रणालीको विकास गरिएको प्राधिकरणको दावी छ । तर घुस माग्ने र लिने क्रम भने रोकिएको छैन ।

अख्तियारले निकालेको पछिल्लो एक प्रतिवेदनमा पनि मालपोत, नापी कार्यालय जस्तै प्राधिकरण पनि घुस्याहा संस्थाको रुपमा परिचित रहेको उल्लेख छ । पक्राउ परेका कर्मचारीको संख्याले पनि सो कुराको पुष्टि गर्दछ ।

यस्तै प्राधिकरणमा निजी ऊर्जा उद्यमीसँग पनि विद्युत् किनेको रकम भुक्तानीका क्रममा पैसा माग्ने गरिएको गुनासो बढेको छ । स्वतन्त्र ऊर्जा उत्पादक संस्थाका पदाधिकारी समेत सो कुरा स्वीकार गर्छन् । प्राधिकरणमा भित्रिएको वेथितीको अन्तयका लागि प्राधिकरणको नेतृत्वले कस्तो कदम चाल्ला त्यो भने हेर्न बाँकी रहेको छ ।  


 

५ बर्ष अगाडि

प्रतिक्रिया