निर्मलाका बुबाआमा प्रधानमन्त्रीकै सामुन्ने अपमानित

५ बर्ष अगाडि

बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटघाट गर्न जाँदा उनीहरुमाथि नेकपाका नेताहरुले प्रधानमन्त्रीकै सामुन्ने अपमानित गरेका छन् । 
उनीहरुलाई बालुवाटारमा बाजुराका पूर्वसांसद एवं नेकपाका नेता कर्ण थापाले प्रधानमन्त्रीकै अगाडि अपमानजनक व्यवहार गरेको निर्मलाकी अामा दुर्गादेवीले गुनासाे गरिन् ।  'तपाईंहरु बढ्ता बोल्दै हुनुहुन्छ’ भन्दै हामीलाई अपमान गर्नुभयो,’ उनले दु:ख मनाउ गर्दै भनिन्-हामीलाई प्रधानमन्त्री निवासमा ज्ञापनपत्र पढेर बुझाउन दिइएन । मसँग गएका अधिकारकर्मी महिलाहरुलाई धक्का दिएर बाहिर निकालियो । उहाँरुलाई रोक्न महिला प्रहरी बोलाइएको थियो । मलाई पनि धक्का दिन आए । मैले म निर्मलाकी आमा हुँ भनेपछि सुरक्षाकर्मीहरु हात हाल्न हच्किए ।' 

'पूर्व सांसद एवं नेकपाका नेता कर्ण थापाले म माथि अपमानजनक ब्यवहार गर्दै चरित्रहत्या गर्ने शब्दहरु बोले । तिमीहरु घुम्न आएका हौ । हामीलाई थाहा छ कसबाट परिचालित छौ । तिमिहरुभन्दा बढी जिम्मेवार हामी छौं । हामी चुप लाग्दैनौं, देखाउँला ।' उनले भनिन् ।

 

निर्मलाका बा–अामाा माथि बालुवाटारमा गरिएकाे हप्कीदप्कीबारे प्रश्न गर्दा कर्ण थापाले भने 'निर्मलाका बा अामामाथि कुनै प्रकारकाे अपमान र गाली नगरेकाे र कसैमाथि हामीले अपमान गरेकाे कुरा अाएकाे छ भने त्याे सरासर गलत हाे, उहाँहरुलाई केही भनिएकाे छैन ।'


अधिकारकर्मीहरु सहित बालुवाटार पुगेका निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराजले कञ्चनपुरमा आन्दोलन हुँदा समेत न्याय नपाएकाले काठमाडौं आउनु परेेको उनले बताए । अामा दुर्गादेवीले भनिन्, ‘हामीले न्याय पाउने कि नपाउने ?’
 

५ बर्ष अगाडि

प्रतिक्रिया