मोवाईल फोन विमा सेवा पनि सुरु

५ बर्ष अगाडि

काठमाडौं–नेपालमा मोवाईल फोन विमासम्बन्धि सेवा पनि संचालनमा आएको छ । 

मेरो सुरक्षा प्रा.लि. र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच मोवाईल फोन विमासम्बन्धि सेवा संचालन गर्ने समझदारी भएको हो । 
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको सो सेवा लिन मोवाईल फोन धनीले आफ्नो मोवाईलको मूल्यको ५ प्रतिशत रकम विमाका लागि प्रिमियर इन्स्योरेन्स कम्पनीमा बुझाउनुपर्नेछ । 
मोवाईल फोन विमा गरेपछि कम्पनीले एक वर्षसम्म सो मोवाईल फुटेमा, आगो वा पानीले मोवाईलको भौतिक क्षति भएर नचल्ने भएमा वा हराए÷चोरि भएमा मेरो सुरक्षा प्रा.लि.ले पहिलेको मोवाईलको डाटासहित नयाँ मोवाइल सेट उपलब्ध गराउनेमेरा सुरक्षा प्रा.लिका प्रमुख कार्यकारी अधिकृतक प्रेम सुनुवारले जानकारी दिए । 

कम्पनीले मोवाईल फोन विमा कार्यक्रमका लागि महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडर पनि नियुक्त गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया